कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता गठबन्धनभित्र अवसरवादी र सिद्धान्तहीनमात्र भए : पोखरेल

काठमाडौँ — एमाले महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धनभित्र अवसरवादी र सिद्धान्तहीनमात्र भएको टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंमा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएकोमा गठबन्धनभित्र अवसरवादी र अनैतिक झुन्ड रहेको बताएका हुन् ।

सत्ता गठबन्धनभित्र अवसरवादी र सिद्धान्तहीनमात्र भए : पोखरेल

‘आज हाम्रै पार्टीभित्र पनि देखापरेका गलत कुराहरुसँग जुध्ने आँट गर्नुपर्छ, बाहिरका प्रतिकूलतासँग मात्रै होइन, बाहिरका बैरीसँगमात्रै होइन, भित्रका गलत कुराहरुसँग पनि जुधेर हामी यो ठाउँमा आइपुगेका हौं, हाम्रो यात्रा जारी छ, हामी यो लडाइँमा कहिल्यै थाक्ने छैनौं,' महासचिव पोखरेलले भने, 'नेपालमा अहिले राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा बाँडिएको छ, एउटा केपी शर्मा ओलीको छ, जुन आर्थिक विकास, जनताका दु:ख र वेदना सुन्ने गर्छ, विकास र समृद्धिको कुरा गर्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा गर्छ, सामाजिक सद्भावको कुरा गर्छ, हामी यो ध्रुवको नेतृत्व गर्ने केपी ओली हुनुहुन्छ, अर्को ध्रुव गठबन्धनको छ, जहाँ अवसरवादी, सिद्धान्तहीन, अनैतिकहरुको झुन्ड छ, यी दुईवटा ध्रुवमध्ये हामीले रोज्ने भनेको केपी ओलीले नेतृत्व गरेको ध्रुव हो ।’

महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले एमाले हिजोभन्दा पनि बलियो बन्ने हिसाबले अघि बढ्ने भन्दै एमालेमा प्रवेश गरेका नयाँ कार्यकर्ताहरुले क्रियाशील भएर काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र २६, २०७८ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?