२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भेटेलगत्तै गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा सरकार र संसद सञ्चालन, मन्त्रिपरिषद् विस्तार तथा संसदबाट एमसीसी अनुमोदन गर्ने सम्बन्धमा सहमतिका लागि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरु विरोध खतिवडा र राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरु सहभागी छन् ।

यसअघि शुक्रबार बिहान पनि गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा अब ढिला गर्न नहुने नेताहरुको जोड थियो भने प्रधानमन्त्री देउवाले दलहरुलाई मन्त्रीको नाम छिटो दिन आग्रह गरेका थिए ।

प्रकाशित : भाद्र २५, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?