संसद् लाइभ : गृहमन्त्रीको माइक तानियो, प्रधानमन्त्रीले माइक लुकाए 

काठमाडौँ — प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले रोस्ट्रमबाट प्रतिस्थापन विधेयक पेस गरिरहँदा तल एमाले सांसदहरूको चर्को नारााबाजी गरेका छन् ।

संसद् लाइभ : गृहमन्त्रीको माइक तानियो, प्रधानमन्त्रीले माइक लुकाए 

एमाले सांसदहरू आक्रोशित भए । मर्यादापालकसँग घम्साघम्सी चल्यो । यही क्रममा एमाले सांसद रेखाकुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस गरिन् ।

संसद्‌बाट बाहिरिएपछि सांसद् रेखाकुमारीको प्रतिक्रिया :

त्यही क्रममा एमालेका अन्य सांसदले उनलाई रोके । माइक झिकेर हान्न खोजेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो टेबल अगाडि रहेको माइक झिकेर लुकाए ।

प्रकाशित : भाद्र २५, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?