ओली सरकारको बजेटमा संशोधन, कर्णालीका गरिबका लागि ३ महिने कार्यक्रम- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली सरकारको बजेटमा संशोधन, कर्णालीका गरिबका लागि ३ महिने कार्यक्रम

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने आर्थिक विधेयक ०७८ पेस गरेका छन् । मन्त्री शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत जारी गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्दै आर्थिक विधेयकमार्फत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष ०७८-७९ का लागि पेस भएको बजेटमा संशोधन गरेका हुन् ।

मन्त्री शर्माले विद्यमान गरिबी न्युनिकरण गर्ने, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, समावेशी र समाजवाद उन्मुख गणतन्त्र स्थापना गर्नेलगायत उद्देश्यले बजेटमा संशोधन गर्नुपरेको बताए । उनले कर्णालीका गरिबहरुका लागि तीन महिनाभित्र योजना तयार गरी प्रस्तुत गर्ने र समाजमा विद्यमान विभिन्न प्रकारका विभेदलाई कम गर्न प्रभावकारी कार्यक्रम सञ्‍चालन गर्ने घोषणा गरे ।

प्रकाशित : भाद्र २५, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्

एमालेको अवरोधबीच सरकारले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेस

कान्तिपुर संवाददाता

काठमाडौँ — विपक्षी दल एमालेको अवरोधबीच सरकारले बजेट अध्यादेशमा प्रतिस्थापन विधेयक ल्याएको छ । 

शुक्रबार तेस्रो पटक सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको बजेटमा प्रतिस्थापन विधेयक ल्याएका हुन् ।

यसअघिको बैठकमा अर्थमन्त्री शर्माले अध्यादेश टेलब गरेका थिए ।

प्रकाशित : भाद्र २५, २०७८ १६:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×