कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक (सूचीसहित)

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । थापाथलीस्थित विभागको सभाकक्षमा बुधबार पत्रकार सम्मेलन गर्दै तालिका सार्वजनिक गरेको हो ।

जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक (सूचीसहित)

जनगणना कार्य कोभिडका कारण गत वैशाख १६ गतेबाट लकडाउन जारी भएपछि स्थगित भएको थियो । ‘स्थिति सहज बन्दै गएको हुँदा विभागले नयाँ कार्यतालिका निर्माण गरी पेस गरेको र सो तालिका मन्त्रिपरिषद्बाट पुन: जनगणना गर्न स्वीकृत गरेको हुँदा सबैका जानकारीका लागि सार्वजनिक गरेका छौं,’ विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पत्रकार सम्मेलनमा भने, ‘आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ मूल जनगणना सम्पन्न हुनेछ ।’

तालिकाअनुसार जनगणनाका खटाइने ८ हजार ५ सय सुपरिवेक्षकलाई यही भदौ २६ गतेभित्र नियुक्त गरी तत्कालै दुई दिने तालिम दिइने छ । उनीहरू भदौ ३० गतेबाट असोज १८ गतेभित्र घर तथा घर परिवार सूचिकरण गर्न खटाइने छ । काठमाडौं जिल्लाभित्र ट्याबलेट प्रयोग गरिनेछ भने अन्य जिल्लामा लिखित प्रश्नावली प्रयोग गरिने छ ।

कात्तिक पहिलो साता ३९ हजार गणक नियुक्त गरी दोस्रो साता चार दिने तालिम दिइने छ । पत्रकार सम्मेलनको अध्यक्षता गरेका राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले सुपरिवेक्षक, गणक र कर्मचारी सबैलाई कार्यथलोमा खटाउनुअघि कोभिड विरुद्धको खोप दिइने बताए ।


जनगणनामा ८० वटा प्रश्नावली निर्माण गरिएको छ । पहिलो चरण घर तथा घरपरिवार सूचीकरण प्रश्नावली सम्पन्न हुनेछ भने गणकले प्रत्येक घर परिवार मुलीसँगै सोधबुझ गरी मुख्य प्रश्नावली भर्ने छन् । सोही समयमा सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई त्यस क्षेत्रको भूगोल, बसोबास गर्ने जातजाती, भाषाभाषी, धार्मिक, आर्थिक, सामाजिक अवस्थाजन्य सामुदायिक प्रश्नावली भर्नेछन् । देशभरि ७० लाख घरपरिवार रहेका छन् भने ३ करोड ३ लाखभन्दा बढी जनसंख्या रहेको प्रक्षेपण गरिएको छ ।

वि.सं.१९६८ मा पहिलो जनगणना भएको थियो । त्यसयता हरेक दश–दश वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा ०७ सालको राजनीतिक परिवर्तनपछि २००८ सालको जनगणना २००९ र २०११ सालमा सम्पन्न भएको थियो । त्यसपछि १२औं जनगणना विश्वव्यापी महामारीले पाँच महिना ढिलो लिने तयारी गरिएको महानिर्देशक श्रेष्ठ बताए । ‘कोराना महामारीले नेपालमात्र होइन विश्वका ६७ मुलुकको जनगणना कार्य स्थगित हुनपुगेको छ,’ उनले भने, ‘विज्ञले आगामी नोभेम्बरसम्म प्रकोप फैलिने क्रम स्थिर रहन्छ भनेका छन् । त्यसैले हामीले पनि त्यतिन्जेल जनगणना लिइसक्नेछौं । जनगणनामा सबै तह, तप्का, निकाय, सर्वसाधारण नागरिकको अनिवार्य सहभागिता जनाउन आह्वान गर्दछु ।’

प्रकाशित : भाद्र २३, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?