सभामुखलाई यथास्थितिमा मानेर संसद् चल्न दिँदैनौँ : ओली- समाचार - कान्तिपुर समाचार

सभामुखलाई यथास्थितिमा मानेर संसद् चल्न दिँदैनौँ : ओली

एमालेले संसद् अवरुद्ध गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल एमाले संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो ।

एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । 'हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता गर्ने हुनाले त्यहाँ पुग्ने स्थिति छैन । गैरसांसद उपस्थित भएर संसद् चल्न सक्दैन । त्यसो हो भने हामी पहिलेका सांसदहरू ल्याउछौँ,' ओलीले भने । माधव नेपाललगायतका सांसदहरु बैठकमा आउने भए रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलगायतका सांसदहरु पनि संसद् बैठकमा आउन पाउनुपर्ने ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष रूपमा भूमिका नखेलेको पनि आरोप लगाए । 'जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्छ । सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन,' ओलीले भने ।

सभामुख संसद्को नियमावलीविरोधी र संसदीय मूल्यमान्यता विरोधी रहेको भन्दै ओलीले भने, 'हामीले कारबाही गरेकाको लोगो किन खोस्दैनन् सभामुखले ? यिनीहरू गैरसांसद् रहिन्जेल संसद् चल्दैन ।' अहिले तमासा हेरेर बसे एमाले कमजोर हुने भन्दै उनले भने, 'यो तमासा हेरेर बस्ने हो भने एमाले नामको बाघको जुँगा बिरालोले पनि उखेल्छ ।'

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष रूपमा भूमिका नखेलेको पनि आरोप लगाए । 'जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्छ । सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन,' ओलीले भने ।

उनले आफूहरूको शब्द मात्रै नभएर व्यवहार पनि कडा हुने बताए । उनले भने, 'आज गैरसांसदको उपस्थित रह्यो भने आज संसद् प्रारम्भै हुँदैन । शब्द कडा हैन हाम्रो व्यवहार पनि कडा हुँदै जान्छ ।'

प्रकाशित : भाद्र २३, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्

लगानीको वातावरण बनाउन सरकार सकारात्मक छ : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी बढाउन वातावरण तयार गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

लगानी बोर्डको दसौँ वार्षिकोत्सवमा सम्बोधन गर्दै देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरूमा लगानीको वातावरण बनाउन लगानी बोर्डलाई निर्देशन दिए । उनले त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।

‘लगानीका लागि जहाँ अवरोधहरु छन्, तिनलाई सहजीकरण गर्न सरकार तयार छ । हाम्रो आफ्नै पुँजीले मात्रै नेपालको विकास अघि बढ्न सक्दैन । त्यसैले म वैदेशिक लगानीका लागि सबै लगानीकर्ताहरुलाई आह्वान गर्न चाहान्छु,’ देउवाले भने ।

उनले नेपालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय प्राथमिकताका योजना र क्षेत्रहरुमा लगानी बढाउनुपर्ने बताए । देउवाले लगानी बोर्डलाई दसौँ वर्षसम्म पुर्‍याउन मद्धत गर्ने सबै सरोकारवाला र यो अवधिमा नेपालमा लगानी गर्ने सबै लगानीकर्ताहरुप्रति धन्यवाद प्रकट गरे ।

प्रकाशित : भाद्र २३, २०७८ १२:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×