३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पूर्वी नवलपरासीमा तीनै तहका जनप्रतिनिधिले रोजेनन् लोसपा र नेकपा (एस)

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीका तीनै तहका जनप्रतिनिधि एमाले र जसपा विभाजनपछि बनेका नयाँ दलमा जान अनिच्छुक देखिएका छन् । दल छान्नका लागि निर्वाचन आयोगले बुधबारसम्मको मिति तोकेकोमा जिल्लाका स्थानीय तह, केन्द्र र प्रदेशबाट निर्वाचित कुनै पनि जनप्रतिनिधि सनाखत गर्न नगएका हुन् ।

पूर्वी नवलपरासीमा तीनै तहका जनप्रतिनिधिले रोजेनन् लोसपा र नेकपा (एस)

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा यहाँका कुनै पनि निर्वाचित जनप्रतिनिधि गएका छैनन् ।

ती दलमा जान चाहने निर्वाचित जनप्रतिनिधिले (स्थानीय तह) जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर पार्टी फेरेको जानकारी दिनुपर्ने व्यवस्था गरिएको थियो । कार्यालयप्रमुख लालप्रसाद भुसालका अनुसार ती दल रोज्न कोही पनि सम्पर्कमा आएका छैनन् ।

नेकपा (एकीकृत समाजवादी)ले पुराना एमाले नेता सालिकराम भट्टराईको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीको जिल्ला समिति हाँक्न भने कोही अघि सरेको छैन ।


प्रकाशित : भाद्र २३, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?