कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमाले संसदीय दलको बैठक सुरु नहुँदै बाहिरिइन् सांसद थापा

काठमाडौँ — एमाले संसदीय दलको बैठक सुरु नहुँदै सांसद तुलसा थापा संसद् भवनबाट बाहिरिएकी छिन् । एमालेले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । तर अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली समयमा नआएकाले बैठक ढिला सुरु भएको थियो ।

एमाले संसदीय दलको बैठक सुरु नहुँदै बाहिरिइन् सांसद थापा

बैठकस्थल संसद् भवनबाट बाहिरिने क्रममा सांसद थापाले भनिन्, '९ बजे बोलाइएको बैठक अझैसम्म सुरु नभएकाले म त निस्किएँ ।' ओली आएलगत्तै उनी बाहिरिएकी थिइन् ।

थापाले पार्टी विभाजनका बेला माधवकुमार नेपाललाई साथ दिन खोजे पनि कानुनी अड्चनका कारण उनी एमालेमै रोकिएकी थिइन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका उनका श्रीमान् वामदेव गौतमले भने एमालेबाट सबै जिम्मेवारी त्यागिसकेका छन् ।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संसद्‌मा एमालेले खेल्ने भूमिकाबारे जानकारी गराउने प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएको छ । पार्टी निर्णयअनुसार माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै एमालेले सभामुख सापकोटाको भूमिका निष्पक्ष नभएको टिप्पणी यसअघि नै गरेको थियो ।

यो विषयलाई लिएर एमालेले संसद्‌मा कडा रूपमा प्रस्तुत हुने संकेत यसअघि नै दिइसकेको छ । दिउँसो चार बजे संसद्को अधिवेशन सुरु हुँदै छ ।

प्रकाशित : भाद्र २३, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?