१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खनालको निर्वाचन क्षेत्रमा दुई पालिका प्रमुखसहित ५६ जना समाजवादीमा

इलाम — पूर्वप्रधानमन्त्री झलनाथ खानलाको निर्वाचन क्षेत्रमा दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

खनालको निर्वाचन क्षेत्रमा दुई पालिका प्रमुखसहित ५६ जना समाजवादीमा

जिल्ला निर्वाचन कार्यालयमा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राइ, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराईली र जिल्ला समन्वय समिति सदस्य पूर्णबहादुर बस्नेतसहित १० वडा अध्यक्ष र सदस्य गरी ५६ जनप्रतिनिधिले एकीकृत समाजवादीमा जान सनाखत गरेका हुन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा इलामका १० स्थानीय तहमध्ये ७ वटामा प्रमुख र ९ वटामा उपप्रमुख पद नेकपा एमालेले जितेको थियो । ७ जना प्रमुखमध्ये २ जनाले एकीकृत समाजवादी रोज्दा ५ जना भने एमालेमै छन् ।

त्यस्तै, ९ उपप्रमुखमध्ये १ जनाले एकीकृत समाजवादी रोज्दा ८ जना एमालेमै रहेका छन् । त्यस्तै ८१ वडामध्ये ४४ मा एकल र ३ वटामा मिश्रित गरी ४७ वटामा वडाअध्यक्ष जितेको थियो । त्यसमध्ये १० जना वडा अध्यक्ष, ४ जना कार्यापालिका सदस्य र बाँकीले एकीकृत समाजवादी रोजेका छन् ।

त्यस्तै, माईजोगमाई गाउँपालिकाका अध्यक्षसहित एक वडा अध्यक्ष र ७ जना एकीकर्त समाजवादीमा लागेका छन् । ६ वटा वडा रहेको माईजोगमाईमा तत्कालिन एमालेले अध्यक्ष उपाध्यक्षसहित ४ वटा वडामा जित हात पारेको थियो । अन्य जनप्रतिनिधि एमालेमै रहेका छन् ।

प्रकाशित : भाद्र २१, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?