कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

काठमाडौं महानगरका वडा सदस्य २ लाख रुपैयाँ घूससहित पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर–१४ का वडा सदस्यलाई कलंकीको खसी बजारस्थित एक होटलबाट घूस लिँदालिँदै पक्राउ गरेको छ ।

काठमाडौं महानगरका वडा सदस्य २ लाख रुपैयाँ घूससहित पक्राउ

सोमबार दिउँसो आयोगबाट खटिएका कर्मचारीले सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिँदै गर्दा वडा सदस्य बसन्त महर्जनलाई पक्राउ गरेको हो ।

जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण-पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग महर्जनले घूस माग गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोग प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार वडाध्यक्षलाई थप अनुसान्धानको लागि नक्सालस्थित आयोगको कार्यालयमा ल्याइँदै छ ।

प्रकाशित : भाद्र २१, २०७८ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?