कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

ओलीको प्रश्न- तुइनबाट नेपाली खसालिएको बारे भारतलाई थाहा दिन सक्नुहुन्न ?

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलास्थित महाकाली नदीमा भारतीय एसएसबीले तुइन चुँडाएर जयसिंह धामी बेपत्ता भएको घटनाबारे नेपाल सरकारले भारतलाई किन थाहा नदिएको भनेर प्रश्न गरेका छन् । 

ओलीको प्रश्न- तुइनबाट नेपाली खसालिएको बारे भारतलाई थाहा दिन सक्नुहुन्न ?

युवा संघको काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले सोधे, 'तुइनबाट मान्छे खस्छ, बेपत्ता हुन्छ । त्यसबारे तपाईं बोल्नुहुन्न । नेपाली झारिन्छ भनेर प्रतिवेदन आउँछ । तर पनि बोल्न सक्नुहुन्न । भारत भन्छ, थाहा छैन । भारतलाई नेपाल सरकारले किन थाहा दिन सक्नुहुन्न ?'

धामी महाकालीमा बेपत्ता भएको सम्बन्धमा भारत सरकारसँग प्रश्न किन नउठाएको भनेर ओलीले सोधेका छन् । 'नागरिक मारिँदा पनि चुइक्क बोल्न सक्दैन ? सडकमा लाठी लगाउन सक्छ त युवाहरू बोल्ने बित्तिकै ! यस्तालाई भन्छन् घरका बाघ वनका स्याल,' ओलीले भने ।

पाँच दलको सरकार हुँदा पनि नेपाली नागरिकलाई महाकालीमा खसालेको विषयमा चुइँक्क बोल्न नसकेको भन्दै ओलीले आलोचना गरेका छन् ।

नागरिकलाई उक्त घटनाको विरोध नगर्न विज्ञप्ति जारी गरेकोप्रति पनि ओलीले आलोचना गरेका छन् । उनले तानाशाहीलेझैं शान्तिपूर्व विरोध गर्नमा रोक लगाउने काम सरकारबाट भएको भन्दै त्यसको विरोध गरेका छन् ।

प्रकाशित : भाद्र २१, २०७८ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?