असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुल्ने

विद्यालय खोल्ने निर्णय अब स्थानीय तहलाई
इकान्तिपुर डेस्क

काठमाडौँ — काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुल्ने

'स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ गतेदेखि विद्यालय खुला गराउने सम्बन्धनमा निर्णय भएको छ,' प्रजिअ पराजुलीले कान्तिपुरसित भने । बैठकले स्वास्थ्य अवस्थाको जोखिम हेरेर सम्बन्धित स्थानीय तहलाई विद्यालय खोल्ने निर्णय गर्न सक्ने उनले बताए ।

कोरोना संक्रमणको दर कम हुँदै गएपछि विभिन्न स्थानमा विद्यालयहरु खुला भएका छन् ।

ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जिल्लामा स्थानीय तहहरूसँगको बैठकपछि मात्रै निर्णय लिइने बताए ।

प्रकाशित : भाद्र २१, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?