१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नख्खु कारागारका कैदीबन्दीको रासनमा घोटालाको आशंका, छानबिन समिति गठन

काठमाडौँ — ललितपुरको नख्खु कारागारमा कैदीबन्दीको सेवा सुविधा तथा रासन अनियमितता भएको आशंकामा कारागार व्यवस्थापन विभागले छानबिन समिति गठन गरेको छ । विभागका निर्देशक रामचन्द्र तिवारीको संयोजक्तवमा समिति गठन भएको हो ।

नख्खु कारागारका कैदीबन्दीको रासनमा घोटालाको आशंका, छानबिन समिति गठन

समितिमा नेपाल प्रहरी,जिल्ला प्रशासन कार्यालय ललितपुर र राष्ट्रिय अनुसन्धान विभागमा प्रतिनिधि छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

कैदीको रासनमा घोटाला गरेको, आवश्यकता अनुसार टेलिफोन सुविधा उपलब्ध नगराएको भन्दै आइतबार कैदीहरुले चौकीदारहरुविरुद्ध जेलर चिरञ्जीवी गिरीसमक्ष निवेदन दिएका थिए ।

उनीहरुले ८ जना चौकीदार/नाइकेमाथि कारबाहीको माग गर्दै सीआरसी ब्लकमा प्रदर्शन समेत गरेका थिए । त्यसको भोलिपल्ट विभागका महानिर्देशक जनकराज दाहालले निर्देशक तिवारीको संयोजक्तवमा समिति गठन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले कारागारका नाइके शिव चौधरी, रिकेश अधिकारी, सविन केसी, शम्भू कार्की, अरुणकुमार महतो, विशाल विष्ट तथा सहनाइके देवेन्द्र तिमल्सिना र दीपक कर्णलाई कारागार स्थानान्तरणको माग गरेका छन् । उनीहरु कर्तव्य ज्यान, लागूऔषध, मानवतस्करी, हातहतियार-खरखजाना लगायतका कसुरमा कारगारमा छन् । विशाल विष्ट कारागारका मुख्य नाइके हुन् ।

नख्खु कारागारमा करिब १४०० जना कैदीबन्दी रहेका छन् ।

सम्बन्धित समाचार:

नख्खु कारागारमा कैदीबन्दीको नाराबाजी र प्रदर्शन, ८ चौकीदारलाई हटाउन माग

प्रकाशित : भाद्र २१, २०७८ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?