बीपी प्रतिष्ठानमा सेवा सुरुको मागसहित विभिन्न राजनीतिक दलद्वारा प्रदर्शन

उपकुलपतिको कार्यालयमा लगाइएको ताला फुटाइयो, २ जना सामान्य घाइते

धरान — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा सुरु गर्नुपर्ने मागसहित विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका छन् । सोमबार नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान राज्यपरिषद्लगायतले प्रतिष्ठानको ओपीडीलगायतका सेवा यथावत रूपमा सञ्चालनको माग गर्दै प्रदर्शन गरेका हुन् ।

बीपी प्रतिष्ठानमा सेवा सुरुको मागसहित विभिन्न राजनीतिक दलद्वारा प्रदर्शन

उनीहरूले प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा दुई महिनादेखि लगाइएको ताला पनि फुटाएका थिए । त्यस्तै प्रदर्शनका क्रममा बोकेको झन्डा प्रहरीले खोसेपछि केहीबेर प्रतिष्ठानको प्रवेशद्वारमा तनाव उत्पन्न भएको थियो । अहिले प्रतिष्ठान परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीले प्रतिष्ठानका झ्यालढोकाका सिसा फुटाएका छन् ।

आइतबारदेखि प्रतिष्ठानका बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले ओपीडी (बहिरंग) सेवा बहिष्कार गरेको छ । सहमति र सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले ओपीडी सेवा ठप्प पारेका हुन् । तर चिकित्सकहरुले उपकुलपति परिसरमा केही बिरामी स्वास्थ्य परीक्षण जारी राखेका छन् ।

प्रतिष्ठानमा बढ्दो बेथिति, आर्थिक भ्रष्टाचारविरुद्ध अढाई महिनाअघिको आन्दोलनपछि उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालको सेवावाहेक अन्य सबै बहिष्कार गरेको छ ।

प्रकाशित : भाद्र २१, २०७८ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?