कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

वाग्मतीसहित उपत्यकाका नदीमा बाढी

वाग्मतीमा जलसतहले सतर्कता तह पार गर्‍यो

काठमाडौँ — आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण वाग्मतीसहित उपत्यकाका विभिन्न नदीहरूमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीले खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सोमबार बिहान ५ बजे वाग्मतीको जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।

वाग्मतीसहित उपत्यकाका नदीमा बाढी

नदीतटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सोमबार दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै उपत्यका भई बहने साना नदीहरूमा पनि जलसतह बढेको र त्यसले नदीकिनारमा रहेका बस्तीहरू डुबानमा परेको छ ।

धोबीखोलामा आएको बाढीले अनामनगर, मैतीदेवीलगायतका बस्तीहरू डुबानमा परेको छ । त्यस्तै मनोहराको बाढी पनि बस्तीमा पसेको छ ।

त्यसैगरी चितवन जिल्लाको माडी क्षेत्रको छर्छरे,कल्याणपुर,बनकट्टा,गोविन्दबस्ती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको र सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने महाशाखाको अनुमान छ ।

त्यस्तै बाँके जिल्लाको धकेरीलगायत आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा भारी वर्षामापन भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भएर बहने साना नदीमा एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित : भाद्र २१, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?