राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आइतबार पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आइतबार नै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
प्रकाशित : भाद्र २०, २०७८ १८:०६