कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् अधिवेशन बोलाएपछि भियना जानबाट रोकिए सभामुख

राष्ट्रिय सभा उपाध्यक्ष र सांसद थापा जाने 

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले विश्वभरका सभामुखहरूको सम्मेलनमा भाग नलिने भएका छन् । आइतबार साँझ अष्ट्रियाको राजधानी भियनाका लागि जाने कार्यतालिका भए पनि संसद् अधिवेशन आह्वान भएपछि उनी रोकिएका हुन् । 

संसद् अधिवेशन बोलाएपछि भियना जानबाट रोकिए सभामुख

मन्त्रिपरिषद्को बैठकले शनिबार संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार नै रापष्ट्रपतिले भदौ २३ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरिसकेकी छन् ।

सभामुखहरूको सम्मेलनमा भाग लिनका लागि २० गते गएर २५ गते फर्किने कार्यतालिका रहेकोमा संसद् अधिवेशन आह्वान भएपछि सभामुख सापकोटा नजाने संसद् सचिवालयले जानकारी दिएको छ ।

सभामुखको नेतृत्वमा राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहाल, कांग्रेस सांसद भीमसेनदास प्रधान र एमाले सांसद लालबहादुर थापा भियना जाने कार्यक्रम थियो । तर, सभामुख संसद् अधिवेशन बोलाएकाले र सांसद प्रधान कांग्रेसको वडा अधिवेशन चलिरहेकाले नजाने भएका हुन् ।

नेपालको तर्फबाट सम्मेलनमा सहभागी हुन उपाध्यक्ष दाहाल र एमाले सांसद थापा भियना जाँदैछन् । इन्टर पार्लियामेन्टरी युनियनले सभामुखहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

प्रकाशित : भाद्र २०, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?