२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

२४ घण्टामा १५ सय ३४ कोरोना संक्रमणमुक्त, ९ सय ७६ संक्रमित, २० जनाको मृत्यु 

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ३४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार देशभरबाट १५ सय ३४ जना डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ७ लाख २७ हजार १ सय ८५ पुगेको छ । 

२४ घण्टामा १५ सय ३४ कोरोना संक्रमणमुक्त, ९ सय ७६ संक्रमित, २० जनाको मृत्यु 

यस्तै २४ घण्टामा गरिएको ७ हजार ९ सय ७१ परीक्षणमा १ हजार ८९ जना संक्रमित थपिएका छन् । ५ हजार १ सय ७० पीसीआर परीक्षणमा थप ९ हजार ७६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६९ हजार २ सय ७१ पुगेको छ ।

कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।

हालसम्म देशभर ३९ लाख ५८ हजार ११२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २६६ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ३१ हजार २४८ जना रहेको छ ।


प्रकाशित : भाद्र २०, २०७८ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?