२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ — राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध मंगलबार सांकेतिक रुपमा देशव्यापी विरोध गर्ने भएको छ ।

राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

गठबन्धनको सरकारले जारी गरेको न्यूनतम कार्यक्रममा एमसीसी समावेश नभएको र एमसीसी वा त्यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु सरकारले यो अवधिमा नउठाउने एक प्रकारको भद्र सहमति भएको तर पछिल्ला दिनहरुमा राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरुबीच एमसीसीबारे छलफल भएको, एमसीसीको विज्ञापन प्रसारण भएको, एमसीसी अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसीसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसीसीलाई पारित गर्न चलखेल भएको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले एमसीसी नेपालको राष्ट्रियता, सार्वभौमिकता र हितविरुद्ध भएको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ– 'त्यसको साथै एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग हो । त्यो कुरा अमेरिकाका उच्च अधिकारीले स्वीकार गरिसकेका छन् । ओली सरकारको पालामा त्यो सरकारले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदललेसमेत उक्त सम्झौता यथास्थितिमा पारित गर्न नहुने प्रतिवेदन दिएको छ । वास्तवमा एमसिसी हिन्द प्रशान्त क्षेत्रका देशहरुमा चीन विरोधी मोर्चा बनाउने षड्यन्त्र हो ।'

नेपाल त्यसमा सामेल भए नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुने केसीले उल्लेख गरेका छन् । लामो समयसम्म हिंसात्मक संघर्ष, राष्ट्रिय विखण्डनको षड्यन्त्र र अस्थिर राजनीतिबाट मर्माहत भएको स्थितिमा एमसीसीलाई अनुमोदन गर्नासाथ परिस्थिति झन् खराब हुने उनको दाबी छ ।

प्रकाशित : भाद्र २०, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?