१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच बालुवाटारमा छलफल

रासस

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको छलफलमा विशेष गरी सरकार विस्तार तथा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा शुक्रबारको छलफल केन्द्रित रहेको थियो ।

गत असार २८ गतेको सर्वोच्चको फैसलाअनुसार गठन भएको कांग्रेस सभापति देउवा नेतृत्वको सरकार हालसम्म विस्तार हुन सकेको छैन । सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, माओवादीका तर्फबाट दुईमन्त्री कार्यरत छन् ।

छलफलमा सरकार विस्तार गर्ने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने विषयमा गम्भीर विचारविमर्श भएको बताइएको छ ।

प्रकाशित : भाद्र १८, २०७८ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?