३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

राष्ट्रियताको मुद्दा सत्ता हत्याउने हतियारमात्र भयो : पौडेल 

काठमाडौँ — माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेपालमा राष्ट्रियताको मुद्दा सत्ता हत्याउने हतियारमात्र भएको टिप्पणी गरेका छन् ।

अखिल(क्रान्तिकारी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रि‍यात्मक गोष्ठीमा उनले यस्तो टिप्पणी गरेका हुन् । दलहरुले मुलुकको स्वाधीनताजस्तो गम्भीर र संवेदनशील विषयलाई समेत सत्ता प्राप्तिको भर्‍याङ बनाउन खोज्नु नेपाली राजनीतिको डरलाग्दो पक्ष भएको भन्दै नेता पौडेलले नक्कली राष्ट्रवाद भएकै कारण केपी औलीको राजनीति संकटमा धकेलिएको बताए ।

राष्ट्रियताको मुद्दा सत्ता हत्याउने हतियारमात्र भयो : पौडेल 

'राष्ट्रियताको मुद्दालाई दलीय राजनीतिको दाउपेच र सत्ता जोगाउने साधनको रुपमा प्रयोग गर्न खोज्दा नक्कली राष्ट्रवाद उदाङ्गो मात्र भएन केपी ओलीको राजनीतिसमेत संकटग्रस्त बनेको छ', माओवादी स्थायी समिति सदस्य रहेका पौडेलको भनाइ थियो ।

फरक प्रसंगमा नेता पौडेलले नेपाली वाम आन्दोलनलाई एकताबद्ध बनाउने जिम्मा एकपटक फेरि प्रचण्डको काँधमा आएको विचार व्यक्त गरे । केपी ओलीका लागि पनि यस्तो अवसर आएको तर उनी त्यसलाई सदुपयोग गर्न पूर्णत: असफल भएको भन्दै उनले भने 'अब मुलुकको वाम शक्तिको एकता र नेतत्व माओवादीले गर्छ र यसमा नेतृत्व कमरेड प्रचण्डले गर्नेछन् ।'

गोष्ठीमा अध्यक्ष रन्जित तामङ, पूर्वअध्यक्षहरु देवेन्द्र पराजुली, रत्न ढकाल, पदमराज जोशीसहित ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपाल, डा. विष्णु दाहाल र सीमाविद् रतन भण्डारीले धारणा राखेका अखिल(क्रान्तिकारी)प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

प्रकाशित : भाद्र १८, २०७८ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?