२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पर्वतमा पहिरोमा पुरिएर ६ को मृत्यु, २ जना बेपत्ता

पोखरा, पर्वत — पर्वतका विभिन्न स्थानमा खसेको पहिरोमा परेर शुक्रबार ६ जनाको ज्यान गएको छ । दुई जना बेपत्ता भएका छन् । 

पर्वतमा पहिरोमा पुरिएर ६ को मृत्यु, २ जना बेपत्ता

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुस्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले माधव शर्माको घर पुरिँदा उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, दुई छोरी १६ वर्षकी विमला र ११ वर्षकी विनीता पौडेलको मृत्यु भएको छ । माधवकी पत्नी ३५ वर्षकी भगवती पौडेल र छोरा ९ वर्षका विनोद पौडेल बेपत्ता भएको प्रदेश प्रहरीका डीएसपी मीनबहादुर घलेले बताए ।

यसै गरी कुस्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएका ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेलको मृत्यु भएको छ । डीएसपी घलेका अनुसार पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।


प्रकाशित : भाद्र १८, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?