कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेकपा (एस) प्रदेश २ को पक्षमा सनाखत गर्ने भनिएका दुई सांसद एमाले बैठकमा 

सन्तोष सिंह

धनुषा — नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को पक्षमा सनाखत गर्ने सूचीमा रहेका २ जना सांसद एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएका छन् । खराब मौसमका कारण सनाखतका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरमा आउन नसकेको बताइएका प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ वीरगन्जमा एमालेले आयोजना गरेको प्रदेश कमिटी  बैठकमा सहभागी भएका छन् ।

नेकपा (एस) प्रदेश २ को पक्षमा सनाखत गर्ने भनिएका दुई सांसद एमाले बैठकमा 

सांसद विश्वकर्मा र गुरुङ पार्टीको विवाद सुरु भएदेखि कुन पक्षमा लाग्नेबारे खुलेका थिएनन् । यसअघि एमालेको माधव नेपाल समूहले प्रदेशसभामा सचेतक राख्ने भएपछि नेपालतिर लागेका थिए । बैठकमा सहभागी एमालेका जातीय मुक्ति समाजका केन्द्रीय सदस्य सन्त परियारले सांसद विश्वकर्मा र गुरुङ उपस्थित भएको पुष्टि गरे ।

प्रकाशित : भाद्र १७, २०७८ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?