२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

२२ गतेपछि जसपा सरकारमा सहभागी हुन्छ : उपेन्द्र यादव

सन्तोष सिंह

धनुषा — जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।

२२ गतेपछि जसपा सरकारमा सहभागी हुन्छ : उपेन्द्र यादव

‘कठिन परिस्थितिमा सरकार गठन भएको हो,’ यादवले भने,‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ । सरकार पूर्णता पाएपछि स्मुथ्ली अगाडि बढ्ने छ । अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको छ ।’ गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद छैन,’ उनले भने ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा अध्यक्ष यादवले महन्थ ठाकुर प्रयोग भइरहेको बताए । ‘कस–कसले महन्थजीलाई प्रयोग गर्ने हो खै ?’ यादवले भने, ‘जो आफै आफना खुट्टामा उभिन सक्दैन । त्यस्तासँग जसपाको कुनै प्रतिस्पर्धा हुने छैन ।’ जसपाका प्रदेश सांसदहरु सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने यादवले दाबी गरे ।

जसपामा उपेन्द्र यादव निकटका प्रदेश २ सांसदहरु महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)मा सनाखत गर्ने भएपछि सांसदहरुलाई रोक्न यादव जनकपुर आएका छन् । यादवनिकटका प्रदेश सांसद प्रह्लाद गिरी गोश्वामी लोसपामा आज सनाखत गर्ने जनाएका छन । यादवनिकटका अन्य तीन जना प्रदेश सांसदसमेतले लोसपामा सनाखत गर्ने बुझिएको छ ।

प्रकाशित : भाद्र १७, २०७८ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?