कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सभामुख, निर्वाचन आयोग र नेकपा (एस)विरुद्ध ओलीले दायर गरेको रिटको पेसी शुक्रबार 

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेकपा (एकीकृत समाजवादी)लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनको पेसी शुक्रबारका लागि तोकिएको छ ।

सभामुख, निर्वाचन आयोग र नेकपा (एस)विरुद्ध ओलीले दायर गरेको रिटको पेसी शुक्रबार 

एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख सापकोटा, ती सांसदसहितको सनाखतबाट एमाले विभाजन गरेको भन्दै निर्वाचन आयोग र नेकपा (एस)लाई विपक्षी बनाएर ओलीले वारेसमार्फत बुधबार रिट दायर गरेका थिए ।

रिट निवेदनको पेसी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

रिट निवेदनमा साउन २५ गते कारबाही गरेका १४ सांसदलाई पार्टी र सांसदबाट निष्कासन गरिएको र त्यसको कार्यान्वयनका लागि संसद् सचिवालयलाई पत्र पठाउँदा कार्यान्वयन नगरिएको भनिएको छ । त्यस्तै, ती १४ जनासँगै सुरुमा हस्ताक्षर नभएका झलनाथ खनाललाई समेत सनाखत गरी नयाँ दल दर्ता गरेको भन्दै आयोगविरुद्ध रिट दायर गरिएको छ । त्यसरी भएका पत्राचार र निर्णय बदरका लागि परमादेश माग गरिएको छ ।

त्यस्तै, एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचित भएका लुम्बिनी प्रदेश सभाका २ सदस्यलाई कारबाही सिफारिस गर्दा पनि कार्यान्वयन नभएको भन्दै ओलीले रिट दायर गरेका थिए । उक्त रिट पनि शुक्रबारका लागि पेसी तोकिएको छ । विमलाकुमारी खत्री वली र अजय शाहीलाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारबाही गरिएको र त्यसको कार्यान्वयन नगरिएको भन्दै पदमुक्तको मागसहित रिट दायर गरिएको हो ।

प्रकाशित : भाद्र १६, २०७८ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?