कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुला तुइन घटना : छानबिन समितिले बुझायो  प्रतिवेदन

मातृका दाहाल

काठमाडौँ — दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् ।

दार्चुला तुइन घटना : छानबिन समितिले बुझायो  प्रतिवेदन

प्रतिवेदनमा के छ भन्ने विषय औपचारिक रुपमा खुलाइएको छैन । तर घटना भारतीय भूमिमा भएको र त्यसको औपचारिक अनुसन्धान गर्न नेपालतर्फबाट कानुनी जलिटला रहेको विषय समेटिएको उच्च स्रोतले जनाएको छ ।

यस सम्बन्धी संक्षिप्त बेहोरासहितको विवरण केही बेरमा सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । २०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ । तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले लट्टा खुस्काइदिएपछि’ बेपत्ता भएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए । कार्यान्वयनका लागि मंगलबारबाटै प्रक्रिया अघि बढाउन गृहसचिव टेकनारायण पाण्डेलाई उनले निर्देशन दिएका छन् । प्रतिवेदन आगामी दिनका लागि मार्गदर्शक बन्नेमा आफू आशावादी रहेको उनले बताए ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : भाद्र १५, २०७८ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?