कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेकपा (एस) को संसदीय दलको कार्यालय स्थापना

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) को संघीय संसदीय दलको कार्यालय स्थापना गरिएको छ । एमाले विभाजन भएर बनेको नेकपा (एस) को सिंहदरबारस्थित संघीय संसद् सचिवालयको १ नम्बर भवन तेस्रो तलामा कार्यालय व्यवस्थापन गरिएको हो ।

नेकपा (एस) को संसदीय दलको कार्यालय स्थापना

तत्कालका लागि संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रिय सभा दलको नेता बेदुराम भुसालका लागि कक्ष उपलब्ध गराइएको छ ।

प्रमुख सचेतक/सचेतक चयन भएपछि कार्यकक्ष थपिने संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

एकीकृत समाजवादीको संसदीय दलको बैठक कक्ष कहाँ राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो नलागिसकेको सचिवालयका अधिकारीहरूको भनाइ छ ।

प्रकाशित : भाद्र १५, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?