वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनले निम्त्याएको हानि–नोक्सानी (लस एन्ड ड्यामेज) को अवस्थाको आकलन प्रतिवेदन तयारी अन्तिम चरणमा पुर्याएको छ ।जलवायुजन्य विपद्का कारण बर्सेनि क्षतिका घटनाहरु बढ्न थालेपछि मन्त्रालयले राष्ट्रियस्तरको प्रतिवेदन तयार गरिरहेको हो ।
बाढीपहिरो र डुबानका कारण सिन्धुपाल्चोकदेखि मनाङसम्मका अनेक खबर छाइरहँदा बाहृैमास डुबान र विवादमा परिरहने पश्चिम नवलपरासीको सुस्ताबारे कहीँकतै सोधखोज नभएपछि सुस्ता गाउँपालिकाकी जनप्रतिनिधि इन्द्रकुमारी थरुनी मंगलबार काठमाडौं आइपुगिन् ।
सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहमा अध्ययनरत विद्यार्थीका लागि खोप उपलब्ध गराउने प्रबन्ध मिलाइएको जानकारी दिए ।
बुधबारको बिहान उनले बिताएका ११ वर्षजस्तो थिएन । सजिता लामाले लेबनानको भूमिमा स्वतन्त्रताको महसुस गरिन् । उखानअनुसार हुन्थ्यो भने त खोला १२ वर्षमा फर्किन्थ्यो तर घरेलु कामदारका रूपमा बँधुवा मजदुर जस्तो जीवनबाट मुक्ति पाउन उनले ११ वर्ष कुर्नुपर्यो ।
कोरोना भाइरसको भेरियन्टमध्ये अहिले सबैभन्दा बढी खतरनाक मानिएको डेल्टा भेरियन्टको संक्रमण विश्वभरि नै फैलिइरहेको छ । यसले संक्रमित हुनेको संख्या तथा मृत्यु पनि बढाइरहेको छ । सँगै विश्वभर कोभिडविरुद्धको खोप लगाइँदैछ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्ध खोपको ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति दिएको नेपाल सरकारका कानुनमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए । कोरोनाको खोपसँगै बैठकले हैजाविरुद्धको खोपको पनि परीक्षण गर्न अनुमति दिने निर्णय गरेको बताए ।
पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५४ हजार ९१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता परिमार्जनसहित अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेकपा (एमाले) विभाजन भएर गठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई अहिलेको अवस्थामा समर्थन गर्न नसकिने सन्देश दिएका छन् ।
नेकपा एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) पार्टीले कानूनी मान्यता पाएको भोलिपल्ट बिहीबार प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश १ को सभामा नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलिसकेका नेताहरूलाई समेत एमालेकै सांसद्को रूपमा गणना गरेर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केही दिनअघि वाग्मती प्रदेशमा पनि एमाले नेता अष्टलक्ष्मी शाक्य यसैगरी मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका दृढ अडान र मान्यतामा अडिइहरने बताएका छन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले क्रियाशील सदस्यता बाँकी रहेको विवादलाई सैद्धान्तिक निरुपण गरेर सोमबार राति पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझायो । प्रतिवेदन बुझ्दा सभापति देउवासँगै थिए, वरिष्ठ नेता रामचन्द्र पौडेल । देउवा, पौडेल र सिटौलाको समझदारीबाटै प्रतिवेदन तयार भयो ।
रूपन्देही देवदह नगरपालिकाका ४३ वर्षीय राजु सुनार गत वैशाखमा ज्वरोले थला परे । कोभिड–१९ बाट संक्रमित उनलाई श्वासप्रश्वासमा समस्या भएपछि परिवारले एम्बुलेन्सबाट भरतपुर अस्पताल पुर्यायो । त्यहाँ उपचार सम्भव नहुने भन्दै अस्पतालले राजधानी रेफर गर्यो ।
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यका भाइ राम आचार्य घरमै मृत अवस्थामा भेटिएका छन् । भीमका कान्छा भाइ ५९ वर्षीय राम सुनसरीको इनरुवास्थित घरमै बिहीबार मृत भेटिएका हुन् ।
प्रगतिशील, जनवादी, क्रान्तिकारी गायक जेबी टुहुरेको निधन भएको छ । मस्तिष्कघात भएर बयोधा अस्पतालमा उपचारत टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको बयोधाका प्रमुख मेडिकल अफिसर डाक्टर कञ्चन कुमार गोयन्काले पुष्टी गरे ।
महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिले प्रतिवेदन तयार पारिनसकेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र तथा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभागप्रमुख विजय चौथाइवाले नेपालको ५ दिने भ्रमण पूरा गरेर बुधबार नयाँ दिल्ली फर्किए । काठमाडौंमा छँदा सत्तारूढ र प्रतिपक्षी दलका अधिकांश मुख्य नेताहरूकहाँ पुगेका उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई भने भेटेनन् ।
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई शपथ गराएका हुन् ।
एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । संसदीय दलका नेता शेरधन राईले राजीनामा दिएपछि आचार्यलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो ।
एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल खोलेसँगै प्रदेश १ को सत्ता–राजनीति तरंगित भएको छ । प्रदेशमा सत्तारूढ एमालेको बहुमत कायम राख्न मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यलाई मुख्यमन्त्रीमा शपथ गराउने तयारी थालिएको छ ।
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता गरेकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै नेता माधवकुमार नेपालमाथि केन्द्रीय सदस्य र सांसदलाई रिसोर्टमा बन्धक बनाएर पार्टी फुटाएको आरोप लगाएका छन् ।
नेपाली सेनाको ‘द फेमस महिन्द्र दल गण’ शिवपुरीमा कार्यरत हुद्दा भरत गुरुङ गत साउन ७ मा मृत फेला परे । कन्चटमा गोली लागेको अवस्थामा उनको शव चितवनको भरतपुर–१७ मानसिंह चोक नजिकैको सिमलडाँडा खेतमा भेटियो । हत्या अभियोगमा सहकर्मी सिपाही गंगाराम ढकाल पक्राउ परे ।
वारपार नदेखिने गरी नारायणीमा बाढी उर्लिएको छ । भेलले खेतीयोग्य जमिन कटान सुरु गर्दा तटीय क्षेत्रका बासिन्दामा चिन्ताको लहर चल्छ, बाढीले धान खेत र बस्ती नै पो लैजाने हो कि १ भेल बस्तीमा पस्दा बालबच्चा, अन्नपात र वस्तुभाउ जोगाउन केही समय आफन्तकहाँ आश्रय लिने र पानी घटेपछि फर्कने क्रम बर्सेनि चलेकै हुन्छ ।
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीलाई नयाँ दलको मान्यता दिएको छ । एमालेबाट अलग भएका माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट अलग भएका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेका हुन् ।