२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अफगान तनावबारे सरोकारवाला मुलुकसँग वार्ता गर : पूर्वराजदूतहरू

काठमाडौँ — अफगानिस्तानको राजनीतिक परिस्थितिका कारण क्षेत्रीय अस्थिरता आउनसक्ने भन्दै पूर्व राजदूतहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतमा सरोकारवाला मलुकहरूसँग संवाद अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अफगान तनावबारे सरोकारवाला मुलुकसँग वार्ता गर : पूर्वराजदूतहरू

पूर्वराजदूतहरू हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, दुर्गेशमान सिंह, सुरेश चालिसे र महेश मास्केले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘तालिवानका कारण अफगानिस्तानमा उत्पन्‍न घटनाक्रममा सबै सार्क राष्ट्रहरूले चासो दिनुपर्छ,’ विज्ञप्तीमा छ, ‘यो संकटको अवस्थामा सार्क अध्यक्षको हैसियतमा नेपालले क्षेत्रीय सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

त्यसैले हामी अहिले देखापरेका क्षेत्रीय चुनौतीहरू सम्बोधनका लागि सरोकारवाला मुलुकहरूसँग सरकारले तत्काल संवादको पहल गरोस् भन्ने चाहन्छौं ।’

प्रकाशित : भाद्र ८, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?