समाचार

दिगो विकास लक्ष्य प्राप्तिका लागि सशक्त राजनीतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन

संघीय संसद्, राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले दिगो विकासका लक्ष्य प्राप्तिका लागि सशक्त राजनीतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दिगो विकास लक्ष्य प्राप्तिको लागि सशक्त राजनीतिक संयन्त्र र प्रतिबद्धता खाँचो भएकोले यसमा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो । दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सरकारको प्रतिबद्धता अनुसार राष्ट्रिय योजना आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ ।

कसरी अघि बढ्छ कांग्रेसको अधिवेशनको प्रक्रिया ?

कांग्रेसको क्रियाशील सदस्यताको विवाद टुंगिएपछि अब वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनका लागि बाटो खुलेको छ । अब सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यताको नामावली हस्ताक्षर गरी अन्तिम रुपमा निर्वाचन समितिलाई हस्तान्तरण गरेपछि निर्वाचन प्रक्रिया अघि बढ्छ ।

संसद् सचिवालयले निर्वाचन आयोगलाई पठायो एमाले र जसपाका सांसदको विवरण

संघीय संसद् सचिवालयले नेकपा (एमाले) र जनता समाजवादी पार्टीको दलीय विवरण निर्वाचन आयोगलाई पठाएको छ । आयोगले मंगलबार संसद् सचिवालयलाई पत्र लेख्दै एमाले र जसपाबाट विभाजन भएर नयाँ पार्टी गठनका लागि निवेदन परेकाले ती पार्टीको संसदीय दलको विवरण दिन भन्दै पत्र पठाएको थियो ।

हालसम्म ७७० नेपाली अफगानिस्तानबाट फर्किए

नेपालले विभिन्न मुलुकको सहयोगमा मंगलबार बेलुकीसम्म ७७० नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर काठमाडौं ल्याएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरि ११२ स्वदेश फर्किएका छन् ।

एमाले बैठक : आगामी मंसिरमा महाधिवेशन, १० बुँदे कार्यान्वयनलाई ६ सदस्यीय कार्यदल गठन

एमालेले १० बुँदे सहमतिका आधारमा जेठ २ अघिका सबै संगठनहरू क्रियाशील गराउने निर्णय गरेको छ । पार्टी एकताका लागि तय भएको १० बुँदे सहमति इमान्दार रुपमा कार्यान्वयनका लागि  ६ सदस्यीय कार्यादल पनि गठन गरेको छ । कार्यादलमा  उपाध्यक्ष भीम रावल, महासचिव  ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल र लेखराज भट्ट छन् । 

एमाले स्थायी कमिटीको बैठकले भन्यो : बाटो बिराएकाहरू मूलघर फर्क 

एमालेले पार्टी विभाजनमा गएका माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ । मझधारमा रहेका नेताहरूसमेत सम्मिलित स्थायी कमिटीको मंगलबारको बैठकले बुधबार पार्टी विभाजनका लागि औपचारिक रुपमा निर्वाचन आयोगमा सनाखत गर्नका लागि जाने तयारीमा रहेका नेताहरूलाई बाटोबाट फर्किन भनेको हो ।

एकीकृत समाजवादीमा जान थप तीन सांसदको आयोगमा निवेदन, झलनाथको सनाखत नहुने

नेकपा एमाले परित्याग गरी थप तीन सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने निधो गरेका छन् । प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डे र माया न्यौपाने र राष्ट्रिय सभाका शारदादेवी भट्टले मंगलबार निर्वाचन आयोगमा समाजवादीको सूचीमा समावेश गरिदिन निवेदन दिएका हुन् । तीमध्ये भट्टको नाम समाजवादीले बुझाएको सूचीमा थियो तर, हस्ताक्षर थिएन । आयोगले बुधबार नयाँ दल दर्ताको लागि हस्ताक्षर सहितको सनाखत गराउन बोलाएको छ ।

२ हजार २० मा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ पीसीआर परीक्षणमा मंगलबार थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो । 

१४ सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई एमालेको दबाब

एमालेले पार्टीको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाब दिएको छ ।

'अब केपीको कित्ता एकातिर र क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ'– नेपाल

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन् ।

कुलमानविरुद्धको रिटमा प्रधानन्यायाधीशको इजलासबाट अन्तरिम आदेश दिन अस्वीकार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेकोमा असन्तुष्ट पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एमाले स्थायी कमिटी बैठकमा गए नेपाल पक्षबाट अलग्गिएका नेता

नेकपा (एमाले)मा लामो समयदेखि असन्तुष्ट रहँदै आएका नेताहरू स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । पार्टीभित्रको विवादमा माधवकुमार नेपालको पक्षमा रहेका र पछिल्लो समय नेपालाई पनि छोडेर तेस्रो धार बनाएका नेताहरू अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् ।

निर्वाचन आयोगले दुई दललाई सनाखतका लागि बुधबार बोलायो

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बिहान ११ :३० देखि दिउँसो २:०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।।

नेपालको पार्टीको कार्यदिशा : ‘जबज’ कै बाटो, वैज्ञानिक समाजवादको लक्ष्य 

नेकपा एमालेबाट विभाजित भइ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको समूहले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) विधिवत् दर्ताको लागि दिएको निवेदनमाथि निर्क्यौल गर्न बुधबार निर्वाचन आयोगमा सनाखत हुँदैछ । सनाखत अघि एमालेबाट विभाजित नेताहरूले चन्द्रागिरि हिल्सको भेलाबाट नेकपा (एकीकृत समाजवादी) को विधान, नियमावली र घोषणापत्र पारित गरेको छ । घोषणापत्र  र पार्टीको संरचना एमालेकै जस्तै छ ।

उपत्यकामा राति ८ बजेपछि सवारी सञ्चालनमा लगाइएको रोक हट्यो

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारी साधान सञ्चालनमा लगाइएको रोक हटाएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन चलाउन नपाउने यसअघिको प्रावधानलाई हटाएका हुन् ।

'जेठ २ कै संरचनामा लैजान खोजे हामी प्रश्‍न उठाउँछौं'

एमालेको स्थायी कमिटी बैठक मंगलबार तीन बजे बस्दैछ । यो बैठकमा पार्टी एकताका लागि यसअघि भएको १० बुँदे सहमति कार्यान्वयनका लागि एमालेको ओली र पूर्व नेपाल समूहमा रहेका मझधारका नेताहरू मोडालिटी बनाउन जुटिरहेका छन् । मझधारका नेताहरूले पार्टीभित्रको एकताका लागि यसअघि माओवादी केन्द्रसँगको एकता हुनुअघि २०७५ जेठ २ का संरचना क्रियाशील बनाउनुपर्ने बताइरहेका छन् । तर अहिले एमालेभित्र पूर्व माओवादी समूहबाट मिसिएका नेताहरू पनि छन् । उनीहरू भने जेठ २ को एमाले संरचनाले पार्टीभित्रको विवाद समाधान नहुने धारणा राखिरहेका छन् ।

डेढ वर्षपछि टुंगियो कांग्रेस सदस्यता विवाद, महाधिवेशनका लागि ढोका खुला 

१४ औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले डेढ वर्ष लगाएर बल्ल क्रियाशील सदस्यता टुंगो लगाएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले सदस्यताका विषयमा देखिएका बाँकी विवादलाई सोमबार टुंगो लगाएर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको हो । यससँगै कांग्रेसको क्रियाशील सदस्यताको विवाद किनारा लागेको छ ।

सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन- ‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना

क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् । मंगलबार बिहानैदेखि पार्टी कार्यलयमा पुगेर उनीहरुले नामावाली सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका हुन् । 

चन्द्रागिरि हिल्समा नेपाल समूहको बैठक : भीड गराएको भन्दै काठमाडौं प्रशासनको स्पष्टीकरण

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी बैठक चलिरहेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं जिल्ला प्रशासनले निषेधाज्ञा उल्लंघन गरेर किन भिडभाड गराएको भन्दै स्पष्टीकरण सोधेको छ । रिसोर्टमा सोमबार बेलुकादेखि उक्त पार्टीको भेला चलिरहेको छ । भेलामा सयभन्दा बढी नेताहरू सहभागी छन् । 

कर्मचारी परिचालनमा मनलाग्दी

सर्वोच्च अदालतले प्रदेश र स्थानीय तहमा कार्यरत ३४ जना अधिकृतलाई संघीय कार्यालयमा काम लगाउने गरी फिर्ता बोलाउन अन्तरिम आदेश दिएको दुई साता बितेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरे पनि संघको कुन कार्यालयमा खटाउने अलमल छ ।

अफगान तनावबारे सरोकारवाला मुलुकसँग वार्ता गर : पूर्वराजदूतहरू

अफगानिस्तानको राजनीतिक परिस्थितिका कारण क्षेत्रीय अस्थिरता आउनसक्ने भन्दै पूर्व राजदूतहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतमा सरोकारवाला मलुकहरूसँग संवाद अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस क्रियाशील सदस्यता प्रतिवेदन सभापतिलाई

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अन्तिम प्रतिवेदन सोमबार राति पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ ।

१० बुँदे कार्यान्वयनमा ओली तयार

एमालेका मध्यमार्गी नेताहरूले पार्टी एकताका लागि अघि सारेका माग पूरा गर्न एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । बालकोटमा सोमबार भएको मध्यमार्गी धारका नेतासँगको छलफलमा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न आफू तयार रहेको बताएका हुन् ।

‘चाडपर्वले बढ्न सक्छ संक्रमण’

परीक्षण गरेकै आधारमा हेर्दा कोरोना संक्रमण दर धेरै दिनदेखि औसत छ । हरेक पाँच जनाको परीक्षण गर्दा एक जनामा कोभिड पोजिटिभ देखिएको छ । पछिल्ला दिन केही घटे पनि संक्रमण दर २० देखि २५ प्रतिशत हाराहारीमा रहेकाले जुनसुकै बेला यसको विस्तार हुन सक्ने विज्ञहरूले औंल्याएका छन् ।

प्रियंका भुजेल मृत्यु प्रकरण : दुई आरोपी पक्राउ

खोलामा गाडिएको अवस्थामा गत मंगलबार राति फेला परेको किशोरीको शव परिवारले जिम्मा लिन मानेका  छैनन् । गत बुधबार नै पोस्टमार्टम भइसकेको शव अझै अस्पतालमै छ । किशोरीको बलात्कारपछि हत्या भएको दाबीसहित घटनामा संलग्नलाई हदैसम्मको कारबाही र उचित क्षतिपूर्ति माग आफन्तले गर्दै आएका छन् ।

आठमहिने छोरीसहित दम्पती मृत

रविन विश्वकर्मा दाजु चेतराजसँगै वैदेशिक रोजगारीका लागि साउदी अरब जान भनेर साउन अन्तिम साता घरबाट बिदा भएर काठमाडौं गएका थिए । वैदेशिक रोजगारीमा जाने सबै प्रक्रिया पूरा भएपछि साउन ३१ मा दाजुभाइले कोरोना परीक्षण गराए । दाजु चेतराजको नेगेटिभ र रविनको पोजिटिभ रिपोर्ट आयो ।

मोदीका विश्वासपात्रको दौडाहा

नेपालमा नयाँ सरकार गठन भएसँगै नेपाल भ्रमणका आएका भारतीय सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले शीर्ष नेताहरूसँगको भेटवार्ता तीव्र पारेका छन् ।

लुम्बिनीमा भेटीको बिजोग

मायादेवी मन्दिरभित्र गौतम बुद्ध जन्मस्थलमा राखिएको शिलापत्र वरिपरि विभिन्न मुलुकका मुद्रा असरल्ल छन् । भुइँमा पानी जमेको छ । सिक्का टल्किएका छन्, नोटहरू भिजेका छन् । केही नोट इँटाको पुरातात्त्विक भग्नावशेषमाथि कपडामा सुकाइएको छ भने धेरै भुइँमा छरपस्ट छन् ।

‘सदस्य जोगाउन’ नेपाल चन्द्रागिरिमा

एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ महँगो रिसोर्टमा पुर्‍याएका छन् । आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बास बस्न गएका हुन् । नेपाल दिउँसो ३ बजेअगावै चन्द्रागिरि पुगेका थिए ।