समाचार

एमालेमा ‘फेस सेभिङ’, मझधारका नेता ओलीसँगै ! 

नेकपा (एकीकृत समाजवादी) निर्माण प्रक्रियामा सहभागी नभएका माधवकुमार नेपाल निकट दोस्रो पुस्ताका नेताहरू अध्यक्ष केपी शर्मा ओलीले समयतालिका सहित १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि एमालेभित्रै संघर्ष गरेर जाने निष्कर्षमा पुगेका छन् । 

कांग्रेसको निमन्त्रणामा नेपाल आएका भाजपा नेता चौथाइवाले राजनीतिक भेटघाटमा व्यस्त

भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले सोमबार पनि राजनीतिक भेटघाट गरेका छन् । उनले सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई निवासमै पुगेर भेटवार्ता गरेका हुन् । 

बुटवल–नारायणगढ सडकमा खल्डैखाल्डा

महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डमा खाल्टाखुल्टीले यात्रा असहज बनेको छ । महेन्द्रराजमार्ग फराकिलो पार्ने ठेक्का पाएको चिनियाँ कम्पनीले मर्मतको काम नगर्दा राजमार्गमा जताततै खाल्डा बनेका छन् ।

अध्यक्ष दाहाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

विज्ञ भन्छन् : कोरोना संक्रमण स्थिर अवस्थामा, चाडपर्वको बेलामा बढ्न सक्छ

यो साताको सुरुमै आइतबार जनैपूर्णिमा परेको थियो भने सोमबार गाईजात्रा मनाइयो । यो दुवै पर्वको समयमा देशभरका विभिन्न स्थानमा मानिसहरुको भीड अत्यधिक देखिएको छ । विज्ञले कोरोना संक्रमणको अवस्था नेपालमा स्थिर नै रहेतापनि चाडपर्वको सिजन नजिकिएसँगै कोरोना संक्रमणको अवस्था ह्वात्तै बढ्न सक्ने आकलन गरेका छन् । उनीहरुका अनुसार १/२ हप्तामा संक्रमण बढ्न सक्छ ।

कांग्रेसका क्रियाशील सदस्यको नामावली सार्वजनिक हुने

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको नामावली सार्वजनिक नभए आन्दोलन नै गर्ने भएपछि कांग्रेसले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्ने भएको छ । सदस्यताका विषयमा देखिएको विवाद मिलेपछि प्राविधिक तयारी पूरा गरी अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको हो ।

नेपाली भूमिमा छिमेकी राष्ट्रविरोधी गतिविधि हुन दिँदैनौं : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली भूमिमा छिमेकी राष्ट्रविरोधी गतिविधि हुन नदिने बताएका छन् ।

१ हजार ५४८ मा कोरोना पुष्टि, २४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षणमा सोमबार थप १ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो । 

माधव नेपालसहितका नेता चन्द्रागिरी रिसोर्टमा, सोमबार राति त्यहीँ ‘एकान्तवास’ 

एमालेबाट विभाजित भएको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् । बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो ।

‘१० बुँदे सहमति’ कार्यान्वयनको प्रस्ताव तय गर्न तीन नेतालाई जिम्मा

एमाले विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ ।  कमिटीमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप-महासचिव विष्णु पौडेल सदस्य छन् । यो कमिटीले स्थायी मंगलबारको बैठकअघि प्रस्ताव तयार गर्नेछ । 

पौडेल समूहको निष्कर्ष- सदस्यताकै कारण फेरि महाधिवेशन प्रभावित हुनुहुँदैन

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षीहरुले सामूहिक छलफल गरी क्रियाशील सदस्यताकै कारण फेरि पनि महाधिवेशनको कार्यतालिका प्रभावित पार्न नहुनेमा जोड दिएका छन् ।

लागूऔषध राखेर पत्रकारलाई फसाउन खोज्ने दुई घुमुवा प्रहरी निलम्बित

पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवालाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको हो ।

एमाले अध्यक्ष ओली र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ८ महिनापछि आइतबार फेरि काठमाडौं उत्रिएका चौथाइवालेले सोमबार बालकोटमा पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् ।

बालकोट बैठक : १० बुँदे कार्यान्वयनको मोडालिटी र समय तालिका बनाउने सहमति 

एमाले अध्यक्ष केपी शर्मा ओली र ‘तेस्रो धार’का नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समय तालिका बनाउने सहमति भएको छ । ओली निवास बालकोटमा भएको असन्तुष्ट पक्षका स्थायी कमिटीका सदस्यसँग भएको सहमतिमा मंगलबार स्थायी कमिटीको बैठक बसेर मोडालिटी तय गर्ने सहमति भएको हो । 

एक साता मनसुन सक्रिय रहने, यी ठाउँमा हुन सक्छ भारी वर्षा

मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिइँदै

नेपाल सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा प्रमुख डा झलक शर्मा गौतमले सोमबारबाट नेपालीहरुलाई खोप दिइने कान्तिपुरलाई बताए । उनले यससम्बन्धी योजना बनिसकेको र मंगलबारबाट नै दिन थालिने जानकारी गराए । 

सभामुखलाई धम्क्याएको भन्दै एमालेप्रति सत्ता गठबन्धनको आपत्ति 

सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभामुखलाई धम्क्याउने काम भएको भन्दै आपत्ति जनाएको छ ।माओवादी संसदीय दलको कार्यालयमा सत्तारुढ पाँच दलका प्रतिनिधि जम्मा भएर विज्ञप्ति जारी गर्दै आपत्ति व्यक्त गरेका हुन् ।

कुसुन्डा भाषामा गीत लेख्दै नयाँ पुस्ता

प्यूठानको सरुमारानी गाउँपालिका–६ बुढीचौरकी १८ वर्षीया हिमा कुसुन्डाले मातृभाषा जानेकी थिइनन् । लमहीमा दुई वर्षअघि भाषा कक्षा सुरु भएपछि उनले सिक्न थालिन् । १ सय ८० घण्टाको कोर्स पूरा गरेपछि उनी बोल्न र लेख्न सक्ने भइन् । उनले कुसुन्डा भाषामै गीत लेखिन् र गाइन् पनि । उनका बारेमा डकुमेन्ट्री नै निर्माण भयो । उक्त डकुमेन्ट्री २०२१ जुनमा भएको ट्राइबेका फिल्म फेस्टिभलमा उत्कृष्ट भयो ।

लुम्बिनी : ओली र शाहीलाई पदमुक्त नगरे प्रदेशसभा चल्न नदिने भन्दै सभामुखलाई एमालेको पत्र

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले सूर्य चिह्नबाट चुनाव जितेका दुई सांसदलाई पदबाट नहटाएसम्म प्रदेशसभा चल्न नदिने जनाएको छ । स्वतन्त्र राजनीतिक समूहका तर्फबाट सूर्य चिह्न लिएर चुनाव जितेका अजय शाही र नेकपा छँदा एमाले कोटाबाट चुनाव जितेकी विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्नुपर्ने उसको अडान छ । 

जापानबाट आइपुग्यो अनुदानको थप खोप

जापानबाट अनुदानको थप खोप आइपुगेको छ । कतार एयरलाइन्सको विमानमा सोमबार बिहान साढे ९ बजे झन्डै पाँच लाख डोज एस्ट्राजेनेका खोप आइपुगेको हो । गत शनिबार जापान सरकारले २ लाख ८  हजार ७ सय डोज पठाएको थियो ।  

ओलीसँग छलफल गर्न एमालेको 'तेस्रो धार' बालकोटमा

पार्टी एकताका लागि भन्दै एमालेको 'तेस्रो धार'का नेताहरु सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलका लागि पुगेका छन् । नयाँ राजनीतिक दल गठनका लागि औपचारिक प्रक्रिया सुरु गरेपछि माधवकुमार नेपालबाट अलग्गिएर छुट्टै समूह गठन गरेका नेताहरू र अध्यक्ष ओलीबीच बालकोटमा छलफल सुरु भएको हो ।

गाईजात्राको सन्देश, ‘सबैलाई मर्नु छ’

भाद्र कृष्णपक्ष परेवाको दिन गाईजात्रा मान्ने चलन छ । नेपाल भाषामा गाईजात्रालाई ‘सापारु’ भनिन्छ । यो गुंपुन्हिको भोलिपल्ट परेवाको दिनमा पर्छ, त्यसैले यो सापारु भयो । काठमाडौंमा वर्सेनि यसलाई ठूलो पर्वको रूपमा मनाउँदै आएको छ ।

द्रुतमार्गमा हात्ती हिँड्ने बाटो 

संघीय राजधानीलाई तराईसँग जोड्न निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा वन्यजन्तुका लागि दुई ‘अन्डर पास’ निर्माण हुने भएको छ । सडकले वन्यजन्तुको आवागमनका बाधा नपार्न नेपाली सेनाले कोरियाली परामर्शदातामार्फत स्थलगत अध्ययन गराएको हो । 

१४ सांसदलाई पदमुक्त गर्न एमालेको चर्को दबाब

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू आफ्नो पार्टीका १४ सांसदलाई पदमुक्त गर्न आनाकानी गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आक्रामक बनेका छन् । सभामुखलाई कार्यकक्षमै भेटेर र फोन गरेर कारबाहीको सूचना टाँस गर्न दबाब दिएका उनीहरूले संसदीय समितिको बैठकसमेत बहिष्कार गर्न थालेका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै सभामुखलाई किटेर सदन चल्न नदिने बताइसकेका छन् । 

राजधानीको फोहोर एक सातादेखि उठेन, ल्यान्डफिल साइट निर्माण १८ वर्षदेखि अलपत्र

संघीय राजधानी काठमाडौंका घर, सडक, चोक र गल्लीमा फोहोरको डंगुर लागेको छ । यसअघिजस्तो विवाद भएर होइन, नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोरको पहाडमाथि गाडी गुड्न नसकेकाले उपत्यकाका दुई महानगरसहित नगरपालिकाहरूले फोहोर उठाउन छाडेका हुन् । फोहोरको डंगुरमाथि बाटो बनाउन अझै १५ दिन लाग्ने नगरपालिकाहरूले बताएका छन् । 

महालेखा प्रतिवेदन भन्छ– बीपी प्रतिष्ठानमा १९ प्रकारका उपकरण त्यत्तिकै थन्क्याइए

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद गरिएका महँगा मेडिकल उपकरणमध्ये १९ प्रकारका उपकरण हालसम्म उपयोग नगरी थन्क्याएर राखेको पाइएको छ । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनले ती उपकरण प्रयोग नहुँदा उपचार प्रभावित भएको र खरिद खर्च उपलब्धिविहीन भएको जनाएको छ ।

कक्षा अनलाइन, शुल्क शतप्रतिशत

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी इन्जिनियरिङ कलेजहरूले कोरोना महामारीका बेला अनलाइन पढाएर भौतिक उपस्थितिसहितको कक्षाजसरी शतप्रतिशत शुल्क उठाएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । 

काबुलको ‘दलाल क्याम्प’ मै अल्झिए नेपाली

अफगानिस्तानको राजधानी काबुलबाट ठूला कम्पनीमा कार्यरत नेपाली कामदारको उद्धार भए पनि साना कम्पनीमा काम गर्ने र कामविहीन नेपाली भने दलाल क्याम्पमै अल्झिएका छन् । उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् । 

दुई महिनामै तीन ठाउँ सरे राउटे

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय दुई महिनामा ३ ठाउँ बसाइँ सरेका छन् । झन्डै डेढ महिनाको अवधिमा समुदायका ४ जनाको मृत्यु भएपछि उनीहरूले सल्यान र सुर्खेतको विभिन्न ठाउँमा बासस्थान फेरेका हुन् । 

मझधारमै मध्यमार्गीहरू

एमालेका मध्यमार्गी नेताहरूले पार्टी एकताका लागि भन्दै अघि सारेका सर्तसहितका मागप्रति अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) दर्ता अगाडि बढाएका माधवकुमार नेपालले बेवास्ता गरेका छन् । दुवैले उनीहरूका सर्त मान्न नसकिने प्रतिक्रिया दिएका छन् ।