सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी विभाजन भए । योसँगै नेपालको आगामी राजनीतिमा उक्त अध्यादेशले पार्ने प्रभावबारे समीक्षा हुन थालेको छ । सरकारले आफू अनुकूल चल्न संसद छलेर अध्यादेश ल्याएको भन्दै विरोध पनि भइरहेको छ ।
कांग्रेसका संस्थापनइत्तर पक्षका जिल्ला सभापतिहरुले अल्टिमेटमसहित शनिबार सार्वजनिक वक्तव्य निकालेर भने— ‘प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस् ।’ उनीहरुले सोमबारसम्म क्रियाशील सदस्यको नामावली सार्वजनिक नभए मंगलबारदेखि केन्द्रीय कार्यालयमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । चौथाइवाले कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आइपुगेका हुन् । उनले आइतबारै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।
अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको समर्थनमा गत बुधबार वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्ठलक्ष्मी शाक्यलाई एमाले विभाजनका कारण सुरुमै अप्ठेरो अवस्था आइपरेको छ । उनले आफ्नो सरकार टिकाइराख्नका लागि माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दलको पक्षमा जानुपर्ने अवस्था देखिएको छ । यदि उनी एमालेमै बस्न चाहे प्रदेशसभा भित्र एमालेको एकल बहुमत गुम्ने स्थिति छ । जसका कारण सत्ताबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ ।
काठमाडौंमा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजारभन्दा बढी रहेको छ । काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० र ललितपुरमा दुई हजार २१८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
गृह मन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भीडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । सांस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।
पछिल्लो २४ घण्टामा १ हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा आइतबार थप १ हजार ७०२ जनामा संक्रमण पुष्टि भएको हो ।
कांग्रेसले साताअघि बनाएको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार अब वडा तहको अधिवेशन हुन ११ दिनमात्रै बाँकी छ । तर, अधिवेशनमा ती वडाका मतदाता को–को हुने ? अझै निर्क्योल भइसकेको छैन । नेताहरूलाई सदस्यताको विषयमा उठेका विवाद मिलाउन हम्मेहम्मे परेको छ ।
जनैपूर्णिमाका दिन कोही जनै लगाउन व्यस्त हुन्छन् त कोही रक्षाबन्धन बाँध्न । तराई क्षेत्रमा राखी बान्ने चलन छ । नेवारी समुदायमा 'गुँपुन्हि' मनाइन्छ । काठमाडौं उपत्यकाका कृषकहरू भने भात बाेकेर खेततिर लाग्छन् । त्यहाँ भात मात्र हुँदैन, नौ थरी गेडागुडी पनि हुन्छन् । अनि उनीहरूका पाहुना हुन्छन्– भ्यागुता । पातमा भात र क्वाँटी पस्किदिएर किसानहरू भ्यागुतालाई स्वागत–सत्कार गर्छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले अफगान नागरिकको जिउ–धनको सुरक्षाका लागि पहल गर्न नागरिक समूहले सरकारलाई आग्रह गरेको छ ।
खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र नेपालकै सबैभन्दा बढी औषधीय गुण भएका जडीबुटीको भण्डार । डाँफे, कस्तुरीजस्ता दुर्लभ र लोपोन्मुख जीवजन्तुको बासस्थान र सुदूरपश्चिमकै साहसिक यात्रा गन्तव्य । दुर्लभ पारिस्थितिकीय प्रणाली भएको सुदूरको मुख्य पर्यटकीय गन्तव्य खप्तड क्षेत्रमा हिउँदका ६ महिना १२/१५ फिटसम्म हिउँ जम्छ । हिउँ जमेका बेला गाडी गुड्न सक्दैन ।
जबर्जस्ती करणीमा परेकी रूपन्देही देवदह–११ की किशोरी अंगिरा पासी २०७७ जेठ १० मा झुन्डिएको अवस्थामा फेला परिन् । साँझ घरबाट निस्किएकी किशोरी र गाउँकै युवकलाई स्थानीयले चौरमा फेला पारेका थिए । युवकमाथि जबर्जस्ती करणीको आरोप लाग्यो ।त्यसपछि वडाध्यक्ष अमरबहादुर चौधरी र स्थानीयले गाउँ भेला गरेर किशोरीलाई युवकको जिम्मा लगाए । उनका परिवारले अंगिरालाई स्विकारेन् ।
नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले प्रस्ट्याएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ ।
कांग्रेसका संस्थापनबाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता वितरण पारदर्शी र निष्पक्ष नभए भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनशन सुरु गर्ने चेतावनी दिएका छन् ।
रेल विभागले रोक्का गरेको जग्गाको उचित मुआब्जा निर्धारण नभएको भन्दै बर्दिबासका स्थानीयले विरोध जनाएका छन् । ७ वर्षदेखि रोक्का गरेको जग्गाको मुआब्जा बजार र चलनचल्तीको भाउअनुसार नभएको उनीहरूको भनाइ छ ।
एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहलाई सत्ता गठबन्धनले ‘उच्च प्राथमिकता’ मा राखेर अवसर दिएको छ । नयाँ पार्टीको मान्यता पाइनसके पनि नेपालले सिफारिस गरेका व्यक्तिले धमाधम नियुक्ति पाउन थालेका छन् ।
बाह्य सहयोग लिएर सरकारले अफगानिस्तानमा रहेका नेपालीको स्थलगत विवरण संकलन थालेको छ । अफगानिस्तानमा तालिवानले काबुलसँगै सत्ता कब्जा गरेपछि विदेशीसँगै अफगानीको पनि भागाभाग छ ।
कोरोना भाइरस संक्रमणको द्रुत परीक्षण गर्न प्रयोग गरिने एन्टिजेन किट स्वास्थ्य मन्त्रालयले जिल्लाहरूमा पठाए पनि न्यून प्रयोग भएको पाइएको छ । केही जिल्लामा किट सदुपयोग भए पनि अधिकांशमा त्यत्तिकै थन्किएका छन् । स्थानीय तह र अन्य सरकारी निकायले कोरोना परीक्षणको दायरा नबढाउँदा एन्टिजेन किटको प्रयोग न्यून भएको हो ।
आज साउन शुक्ल पूर्णिमा । काठमाडौं उपत्यकामा जनविश्वास के छ भने आज कागले पहिलोपल्ट आफ्नो बच्चालाई गुँडबाट बाहिर निकाल्छ । काग चलाख छ, त्यसैले उसलाई राम्रोसँग थाहा छ– यो समय आफ्नो बच्चालाई गुँडबाट बाहिर ल्याउनु सबैभन्दा उपयुक्त समय हो । अनि भर्खर–भर्खर काठमाडौंमा कृषिको काम सकिएको छ, यहाँका किसानले भ्यागुतोको गुनलाई कसरी बिर्सन सक्छन् । आखिरमा भ्यागुतोले खेतका विनाशकारी कीराफट्यांग्रा खाएर मद्दत धेरै गरेको छ ।
विभिन्न मुलुक र संस्थाबाट अनुदानमा प्राप्त एन्टिजेन किट प्रयोग नगरी खेर जाने अवस्था आएको छ । पीसीआर टेस्टभन्दा छिटो र आरडीटीभन्दा विश्वसनीय हुने एन्टिजेन टेस्टमा सरकार उदासीन छ ।