कांग्रेसको १४ औं महाधिवेशनमा विभिन्न समावेशी समूहको प्रतिनिधित्वको विषय अझै टुंगिएको छैन । कांग्रेसको विधानले महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्र गरी आठवटा समावेशी समूह तोकेको छ । सातवटै तहमा ती समुदायको जनसंख्याको बनोटको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व हुने व्यवस्था गरेको छ । पार्टीको निर्वाचन निर्देशिकामा ती समावेशी समूहको प्रतिनिधित्वको सुनिश्चितताबारे व्यवस्था गर्न नेताहरू महिनौंदेखि छलफलमा छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)को दसौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्री अध्यक्ष रहेनगरी २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ । उक्त सम्मेलन कात्तिक ६–८ मा काठमाडौंमा हुनेछ ।
महालेखा परीक्षकको कार्यालयले नेपालको ‘सार्वजनिक जवाफदेहिता’ सन्दर्भमा दर्जनौं समस्याहरू औंल्याउँदै सरकारलाई सचेत हुन सुझाव दिएको छ । महालेखाले बजेट र योजना कार्यान्वयन, राजस्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, वित्तीय संघीयता कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र संस्थान सञ्चालन तथा व्यवस्थापनको क्षेत्रमा छुट्टा–छुट्टै समस्याहरू रहेको औंल्याएको छ ।
एमालेबाट विभाजित भएका माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निष्कर्ष निकालेका छन् । शुक्रबार महाराजगञ्जमा भेला भएका उनीहरुले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्यालाई हल गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका हुन् ।
कानूनले स्थानीय तहका जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार र सेवा सुविधासम्बन्धी प्रष्ट व्यवस्था गरेको छ । तर, जनप्रतिनिधिले भने त्यस्तो कानूनी दायरा मिचेर मनपरी सेवा सुविधा बुझ्ने गरेका छन् ।
कानूनत: संघीय सरकारले पठाएको बजेटबाट स्थानीय तहले सवारी साधन खरिद गर्न वा भाडामा लिएर उपयोग गर्न पाउँदैनन् । तर, गाउँको विकास निर्माणका लागि केन्द्र सरकारले पठाएको बजेटबाट स्थानीय तहले गाडी किनेर जनप्रतिनिधिले विलासितामा प्रयोग गरिरहेका छन् ।
शिक्षक दरबन्दी मिलानविरुद्ध चर्केको आन्दोलनका कारण शुक्रबार भीमदत्त नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ । नेपाल शिक्षक संघले एक महिनादेखि सुरु गरेको आन्दोलनमा एक्यबद्धता जनाउन कांग्रेस कार्यकर्ता र नेविसंघका पदािधकारीहरु नगरपालिका पुगेपछि झडपको अवस्था आएको थियो ।
मंगलबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले लिक्विड अक्सिजन प्लान्ट जडान गर्यो । पाँच वर्षअघि नै अक्सिजन प्लान्ट जडान गरेको यस अस्पतालले नयाँ प्लान्ट थपेको हो । अस्पतालकी निर्देशक डा. संगीता मिश्रा भन्छिन्– ‘यो प्लान्ट जडानपछि अब अक्सिजनको लागि अप्ठ्यारो हुँदैन । यसले नै पुग्छ ।’
बिर्तामोडको एक होटलमा खाजा खान बसेका व्यक्तिको भिडियो खिचेर ‘बिर्तामोड काण्ड’ भनी युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । चरित्र हत्या गरेको भन्दै युट्युबरविरुद्ध प्रहरीमा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् ।
पछिल्लो २४ घण्टामा २ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ७९ जनामा संक्रमण पुष्टि भएको हो ।
संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायुजन्य विपद् न्यूनिकरण तथा क्षतिपूरणका लागि आवश्यक नीति तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले हचुवाको भरमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै पुन: परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् ।
जसपाबाट बाहिरिएको महन्थ ठाकुर नेतृत्वको समूहले दलको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ राख्ने भएको छ । यसअघि जसपा नेपाल (लोकतान्त्रिक) प्रस्तावित गरिएको थियो ।
वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम संखुवासभाका यादवचन्द्र शर्मालाई वाग्मती प्रदेशको प्रमुखमा नियुक्त गरेकी हुन् ।
एमालेबाट विभाजित भएको माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।
अमेरिकी वैज्ञानिक तथा खोजकर्ता डा. न्याथन ब्रायनले निर्माण गरेको डाइटरी सप्लिमेन्टको ठूलो मात्रा नेपाललाई सहयोगस्वरुप प्राप्त हुने भएको छ । उनले तयार गरेको यो सप्लीमेन्ट अमेरिकी बजारमा विगत १० वर्षदेखि प्रयोगमा रहेको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ । काठमाडौंमा आयोजना हुने उक्त सम्मेलन कात्तिक ६ देखि ८ गतेसम्म हुनेछ ।
अफगानिस्तानको बदलिँदो राजनीतिक परिस्थितिसँगै सुरक्षा चुनौती थपिएपछि त्यहाँ कार्यरत थुप्रै नेपाली स्वदेश फर्कन चाहिरहेका छन् । तर उनीहरू त्यहाँबाट निस्कन पाइरहेका छैनन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम परिवर्तन गर्ने भएका छन् । यसका लागि निर्वाचन आयोगमा पुन: दल दर्ताको निवेदन दिने उनको तयारी छ ।
एमालेको एकता बचाउन भन्दै बनेको तेस्रो समूहले आज विवाद समाधानको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सो समूहको धारणा निर्माण गर्नका लागि केन्द्रीय सदस्य तथा सांसदहरूको बैठक महाराजगञ्जमा बस्दैछ ।
माधव नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब बढाइरहेको बेला ओली निकट नेताहरू भने जसरी पनि सांसदबाट कारवाही गराउन सक्रिय भएका छन् । ओली निकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर माधव नेपाललगायत यसअघि पार्टीले हटाएका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिइरहेका छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७६ साउन १ देखि चैत २६ सम्म गरिएको आन्तरिक लेखा परीक्षणमा अनियमितता भएको प्रमाण फेला परेको छ । राठी पीके एन्ड एसोसियटस् चार्टर्ड अकाउन्टेन्ट्सले प्रतिष्ठानको आन्तरिक लेखा परीक्षण गरेको थियो ।
सरकारले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उप्रेतीलाई राज्यमन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरेको हो ।
नेपाल विद्युत् प्राधिकरण कोसी कोरिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत १ सय ६ किमिको पहिलो खण्डको आयोजना सम्पन्न भएको छ । प्राधिकरणका निर्देशक राजन ढकालका अनुसार सुनसरीको इनरुवा सबस्टेसनदेखि धनकुटा हुँदै संखुवासभाको तुम्लिङटारसम्म तयार भएको हो ।
काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर अलग्गै पार्टी दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।
कुनै समय साझा प्रकाशनमा ४ सय १४ जना कर्मचारी काम गर्थे । देशभर २८ वटा शाखा थिए । मुनाफाबाटै साझाले विभिन्न जिल्लामा जमिन र भवन पनि जोड्यो । तर अहिले साझाको रुग्णावस्था देख्दा विद्वत्वर्ग मन अमिलो बनाउँछन् ।
नेकपा एमाले विभाजनसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार फेरिने भएको छ । नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा अनौपचारिक छलफल सुरु भएको छ ।