१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इन्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलित

तस्बिर : केशव थापा

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं उपत्यकाका इन्जिनियरिङ कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन् । बिहीबार काठमाडौंको माइतीघरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । अनलाइन कक्षा सञ्चालन भइरहेको बेला पनि नियमित कक्षा सञ्चालनकै शुल्क लिएको भन्दै विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरु दुई हप्तादेखि आन्दोलनरत छन् ।

इन्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलित

अनलाइनबाट पढाइ हुँदा पनि क्याम्पसले बिजुली, इन्टरनेट लगायतका विद्यार्थीले उपभोग नगरेका सुविधाको शुल्क उठाएको विद्यार्थीहरुको आरोप छ।

कोभिडका कारण विद्यार्थीका अभिभावकहरुको आयस्रोत कमजोर भएको र भौतिक रुपमा कक्षा पनि सञ्चालन नभएकाले कम्तीमा ३० देखि ३५ प्रतिशत शुल्क छुट हुनुपर्ने माग विद्यार्थीहरुले राख्दै आएका छन् भने कलेजहरुले भने ५ देखि १० प्रतिशतसम्म मात्रै छुट दिन सक्ने बताउँदै आएका छन् ।

प्रकाशित : भाद्र ३, २०७८ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?