१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

तालिवानको नाम नलिई सरकारले भन्यो- सुरक्षित सीमा पार गर्न देऊ

काठमाडौँ — परराष्ट्र मन्त्रालयले अफगानिस्तान छोड्न चाहने सम्पूर्ण व्यक्तिहरुलाई सुरक्षित रुपमा सीमा पार गर्न दिन आग्रह गरेको छ ।

तालिवानको नाम नलिई सरकारले भन्यो- सुरक्षित सीमा पार गर्न देऊ

नेपालले अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रहलाई समर्थन गर्दै अफगानिस्तानमा विकसित भएको परिस्थिति पछि देश छोड्न चाहनेहरुलाई सुरक्षित र व्यविस्थित रुपमा हवाइ, स्थल वा अन्य सीमा नाकाबाट बाहिरिन दिन तालिवान नेतृत्वलाई मंगलबार विज्ञप्ति मार्फत आग्रह गरेको हो ।

विज्ञप्तीमा व्यक्तिको जीवन र सम्पत्तिको सुरक्षा गर्ने स्थानमा रहेकाहरुले त्यसका लागि सहयोग गर्नुपर्ने बताइएपनि आफगानिस्तानको सत्तालाई कब्जामा लिएको तालिवानको नाम भने उल्लेख गरिएको छैन ।

'अफगानिस्तान सार्क सदस्य राष्ट्र भएकाले नेपालले त्यहाँ जहिले पनि शान्ति र स्थायित्वको आशा गरेको छ,' विज्ञप्तिमा भनिएको छ, 'नेपाल जहिले पनि मित्रवत राष्ट्र अफगानिस्तानको समृद्धिको कामना गर्दछ ।'

यो पनि पढ्नुहोस्ः

सरकार गठनको तयारीमा तालिवान

प्रकाशित : भाद्र १, २०७८ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?