२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

काठमाडौँ — दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा एमाले निकट युवा संघले विरोध प्रदर्शन गरेको छ । मंगलबार बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको हो । 

दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

'दल विभाजनसम्बन्धी विधेयक खारेज गर' लगायत विभिन्‍न नारा लगाएर युवाहरुले प्रदर्शन गरेका हुन् । युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुंगामुढा समेत गरेको थियो ।

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको युवा संघका केन्द्रीय सदस्य भिष्म बुढाथोकीले बताए ।

प्रकाशित : भाद्र १, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?