कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई एमालेको पत्राचार

काठमाडौँ — एमालेले माधव नेपालसहित १४ जना सांसदहरुको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र पठाएको छ ।

माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई एमालेको पत्राचार

उनीहरुले पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको भन्दै सांसद पदबाट हटाउन भन्दै सचिवालयलाई पत्राचार गरेको हो ।

संसद् सचिवालय स्रोतका अनुसार माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन भन्दै पत्र आएको हो ।

प्रकाशित : भाद्र १, २०७८ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?