कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेसले थप्यो भ्रातृ संस्थाको म्याद

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले लामो समयदेखि अधिवेशन गर्न नसकेपछि तदर्थ समितिमा चल्दै आएका भ्रातृ संस्थाहरूको म्याद फेरि ६ महिना बढाएको छ । 

कांग्रेसले थप्यो भ्रातृ संस्थाको म्याद

विद्यार्थी संघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि थप गरेको हो ।

पार्टी केन्द्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले म्याद थप गर्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशनपछि मात्रै भ्रातृ संस्थाहरूको अधिवेशन गरिने नेताहरूले बताएका छन् ।

यसैगरी नेपाली नागरिकता भएकाले मात्रै पार्टीको जनसम्पर्क समितिको अध्यक्ष र महाधिवेशन प्रतिनिधि हुन पाउने निर्णय गरेको छ । नेपाली नागरिकता भएको क्रियाशील सदस्यता प्राप्त सदस्य मात्रै हुन सक्ने प्रावधान राखिएको हो ।

पार्टीको क्रियाशील सदस्यता लिएपछि नेपाली नागरिकता नभएकाले समितिको अध्यक्ष र महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

प्रकाशित : श्रावण ३२, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?