१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देउवाको समर्थन खोज्दै निधि

देउवाले भने– मेरो अन्तिम पटक हो, मलाई नै समर्थन गर्नुहोस्
कुलचन्द न्यौपाने

काठमाडौँ — कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अन्तिम पटकका लागि सभापतिको उम्मेदवार हुन लागेको भन्दै उपसभापति बिमलेन्द्र निधिसँग सहयोगको आग्रह गरेका छन् ।

देउवाको समर्थन खोज्दै निधि

देउवाले सहयोग माग्नुअघि नै निधिले आफूले सभापतिका लागि तयारी अघि बढाइरहेको भन्दै समर्थन खोजेका थिए । ‘तपाईंकै समर्थनबाट म सभापतिको उम्मेदवार हुन चाहन्छु । सम्पर्क कार्यालय पनि खोल्न लागेको छु,’ निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सम्पर्क कार्यालय उद्घाटन गरिदिन आइदिनुहोला ।’

जवाफमा देउवाले पार्टी विधानको व्यवस्थाले पनि आफ्नो उम्मेदवारी अन्तिम हुने बताउँदै सहयोगका लागि आग्रह गरेपछि निधिले आफू उम्मेदवारबाट पछि नहट्ने भन्दै बालुवाटारबाट बाहिरिएका थिए । बालुवाटारमा देउवा र निधिबीच करिब एक घण्टा भएको वार्तामा पार्टीको क्रियाशील सदस्यताको विवादसम्बन्धी विषयमा समेत छलफल भएको थियो । अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताको समायोजन गर्न गठित समितिका संयोजकसमेत रहेका निधिले क्रियाशील सदस्यता वितरणमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सर्वसम्मितिबाट भएका निर्णयमा समेत असहमति जनाएर विवाद झिक्ने काम गरेको दाबी गरेका थिए ।

निर्णय भइसकेको फायललाई फेरि खोतल्नु विधिसम्मत् नभएको तर्क निधिको छ । यस विषयमा उनले बुधबार बस्ने पार्टीको पदाधिकारी बैठकमा आफ्नो धारणा राख्ने बताएका छन् ।

निधिले मन्त्रिपरिषद् बिस्तार गर्दा समावेशी र सबै पक्षको प्रतिनिधित्व हुने गरी गर्न समेत देउवालाई सुझाएका थिए ।

प्रकाशित : श्रावण १९, २०७८ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?