कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको हो । 

शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

यस्तै,बैठकले राष्ट्रिय विभुषण छनोट समितिमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकूलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका उपकाश प्राप्त उपरथी नरबहादुर कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र अतिथि सम्पादक गोपाल खनालले पदबाट दिएको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

त्यसैगरी बैठकले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ । आचरण विपरित काम गरेकाले महाप्रबन्धक भट्टराईलाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

सरकारले कोभिड नियन्त्रणका लागि एडीबीले दिएको करिब २३ अर्ब ५८ करोड ऋण सहायता स्विकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली –२०७८ पनि स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाको समूहीकरण क्लष्टरतर्फ राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव हरिप्रसाद मैनालीलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले ओली सरकारले गठन गरेको भूमिसम्बन्धि समस्या समाधान आयोग पनि खारेज गरेको छ ।

प्रकाशित : श्रावण १९, २०७८ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?