जसपा लुम्बिनीका पदमुक्त ३ सांसद पुनर्बहालीको मागसहित सर्वोच्‍चमा

अमृता अनमोल

बुटवल — जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सभाका पदमुक्त ३ जना सांसद पुनर्बहालीको मागसहित अदालत गएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पदमुक्त भएका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे लम्साल र विजयबहादुर यादवले आइतबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । 

जसपा लुम्बिनीका पदमुक्त ३ सांसद पुनर्बहालीको मागसहित सर्वोच्‍चमा

साउन १५ मा पदमुक्त उनीहरुले पुनर्बहाली र प्रदेश सभा सचिवालय, सभामुख एवं पार्टी अध्यक्षविरुद्ध अवहेलनासम्बन्धी निवेदन दर्ता गराएका छन् । उनीहरुको निवेदनमा अदालतले साउन १९ का लागि पेसी तोकेको छ । यसअघि पार्टीले सदस्यबाट निष्कासन गरेपछि वैशाख १६ मा प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई पदमुक्त गरेका थिए । पदमुक्त भएका सदस्यलाई अदालतले पुनर्बहाली गरेको थियो । उक्त मुद्दा अहिले अदालतमा विचाराधीन छ । जसको पेसी भदौ १७ मा तोकिएको छ ।

पार्टीले कारबाही गरेपछि अदालतले पुनर्बहालीसहित मुद्दा विचाराधीन राखेका बेला पुन: पदमुक्त गरेर अदालतको अवहेलना गरेको भन्दै उनीहरु अदालत गएका हुन् ।

सांसदको राजीनामा र कारबाही बढ्दै जाँदा ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा हाल ८० सांसद छन् । अदालतले सांसदहरु हटाउनुको कारण खोजेपछि तत्कालका लागि एमाले सरकार जोगिने सम्भावना बढेको छ ।


प्रकाशित : श्रावण १७, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?