स्वास्थ्य सचिव अर्यालको सरुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासनतर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ । सचिव अर्याललाई मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को‌ कार्यालयमा सरुवा गरेको हो । अर्याल २०७७ जेठ १८ देखि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए ।

स्वास्थ्य सचिव अर्यालको सरुवा

ओम्नी काण्डले मन्त्रालयको छवि धुमिल भएको अवस्थामा सचिवका रुपमा पुगेका अर्यालले कोरोना नियन्त्रणका लागि प्रशंसनीय भूमिका निर्वाह गरेका थिए । उनले कोरोना परीक्षणको पीसीआर शुल्कलाई कम गर्नुका साथै उपचारका लागि पनि शुल्क तोक्ने निर्णय कार्यान्वयन गरे । यस्तै खोप प्राप्तिका लागि उनले खेलेको भूमिका पनि प्रशंसायोग्य छ ।

मन्त्रिपरिषद्को‌ बैठकले अर्यालसहित तीन जना सचिवलाई सरुवा गरेको हो । अर्थ सचिवमा मधुकुमार मरासिनी आएका छन् भने शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयमा केही साताअघि मात्र स्वास्थ्य सेवा तर्फका डा. रोशन पोखरेललाई सचिवमा बढुवा गरिएको थियो । अब डा. पोखरेलले सचिवका रुपमा स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी सम्हाल्नेछन् । स्वास्थ्यमा दुई सचिव हुँदा कार्यविभाजनलाई लिएर समस्या भइरहेको थियो ।

प्रकाशित : श्रावण १७, २०७८ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?