यस्तो छ हेलम्बुको भीमथाङको बाढी–पहिरो [तस्बिरहरु]

अनिश तिवारी

सिन्धुपाल्चोक — असारमा उर्लिएको मेलम्ची बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रको अधिकांश बजार र गाउँ बगर तुल्यायो । शनिबार त्यही बाढी दोहोरियो । स्थानीयमा भागभाग चल्यो । हेलम्बु गाउँपालिकाको वडा–१ स्थित सेमेसिदाङ हिमश्रृंखलाको काख भीमथाङबाटै आइरहेको कालो लेदोसहितको बाढीलाई स्थानीय र जनप्रतिनिधिले आफ्नै अनुमान लगाए ।

यस्तो छ हेलम्बुको भीमथाङको बाढी–पहिरो [तस्बिरहरु]

हेलम्बु क्षेत्रमा खासै वर्षात नहुँदा पनि बाढीको सतह घटबढ नभएपछि बुझ्न जनप्रतिनिधि हेलम्बुको भीमथाङ पुग्ने प्रयासमा थिए ।

‘भीमथाङ चौर बीचमा दुई सय मिटर बगर बनेको छ, दुवैतिरबाट लड्दै पहिरो बगिरहेको छ, भीमथाङ खोलाबाट कालो लेदोको बाढी झर्दैछ, त्यही मिसिएर आएको मेलम्ची नदीको बाढीको सतह अझै बढेको हो,’उनले भने ।

उनका नुसार भीमथाङमा अनपेक्षित रुपमा खोलामा बाढीसँगै भीरमा पहिरो जाने क्रम रोकिने अवस्थामा छैन । ‘माथिल्लो पहाडी भूभागको ठूलो क्षेत्र भासिएर आउँदैछ, तल भने थुपारिएको माटो मात्रै छ,’ उनले भने ।

शेर्पाले गृहमन्त्री बालकृष्ण खाँडसहित विपद्का प्रमुख अधिकृत र विज्ञ टोलीलाई भीमथाङको यथार्थ विवरण दिएर अध्ययन गर्न आग्रह गरेको बताए ।

यसअघि भूर्गभविद डा. रविनराज निरौलाबाट पाएको जानकारीको आधारमा गाउँपालिकालेभीमथाङ चौरको २५ प्रतिशत मात्र पहिरो गएको र बाँकी ७५ प्रतिशतमध्ये के कति भागमा पहिरो जान सक्ने हालसम्म यकिन नरहेको जनाएको थियो ।

भीमथाङ चौरमा थोरै पहिरो गएको र अझै धेरै बाँकी रहेको सूचनालाई जारी पनि गर्दै तट भेगका सबैलाई सर्तकता अपनाउन गाउँपालिकाले आग्रह गर्दै आएको छ ।

तस्बिरहरु सौजन्य : निमाग्याल्जेन शेर्पा

प्रकाशित : श्रावण १७, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?