२४ घण्टामा नेपालमा २ हजार २८० कोरोना संक्रमित, १ हजार ९१६ जना संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा शनिबार थप २ हजार २८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ ।

२४ घण्टामा नेपालमा २ हजार २८० कोरोना संक्रमित, १ हजार ९१६ जना संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २५६ परीक्षणबाट ८२६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ५१९ परीक्षणमा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८५७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षण ३६ लाख ३ हजार ४६५ पुगेको छ । आइसोलेसनमा ३१ हजार ३५५ र क्वारेन्टाइनमा ३८० जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।


प्रकाशित : श्रावण १६, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?