संसदीय दलको नेता चयन गर्दै जसपा

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकले संसदीय दलको नेता चयन गर्ने कार्यक्रम रहेको छ । 

संसदीय दलको नेता चयन गर्दै जसपा

पार्टीका ज्येष्ठ सदस्य महिन्द्र राय यादवको अध्यक्षतामा दलको बैठक बसिरहेको छ । बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको छ ।

संसदीय दलको नेतामा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुने सम्भावना रहेको जसपाका एक सांसदले जानकारी दिए । कुनै सांसदले उम्मेदवारी दिएमा निर्वाचन गर्ने तयारी रहेको छ ।

संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा सुशीला श्रेष्ठ र रमेश यादव रहेका छन् । समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।

शीर्ष नेताहरूले आफ्ना धारणा राख्ने क्रम सकिएको र बाँकी सांसदहरूले बोलिसकेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढ्ने ती सांसदले जानकारी दिए । संसदीय दलको नेता चयन गरिसकेपछि सरकारमा सहभागीताबारे छलफल हुने जसपाले जानकारी दिएको छ ।

निर्वाचन आयोगबाट साउन ११ गते उपेन्द्र यादवले आधिकारीकता पाएपछि संसदीय दलको नेता चयन गर्ने पक्रिया थालिएको हो । यसअघि महन्थ ठाकुर पक्षले जसपा संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको थियो ।

प्रकाशित : श्रावण १६, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?