फ्रन्टलाइनरलाई बारबरा फाउन्डेसनको सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ —  कोभिड–१९ महामारीमा अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई यस वर्षको बारबरा फाउन्डेसन सम्मान र पुरस्कार प्रदान गरिने भएको छ ।

फ्रन्टलाइनरलाई बारबरा फाउन्डेसनको सम्मान

फाउन्डेसनले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार कोभिड महामारीविरुद्धको लडाइँमा अग्रणी भूमिका निर्वाह गरेका भरतपुर, पाटन, नेपाल प्रहरी र नेपाल एपीएफ अस्पताल, नेपाल एम्बुलेन्स सेवा, हामी नेपाल र नेपाली सेना मृत शरीर व्यवस्थापन समूहलाई संस्थागततर्फ विशिष्ट सम्मान प्रदान गरिने भएको छ ।

चिकित्सक विधातर्फ २० जना चिकित्सक २ लाख ५० हजार र २ लाख रुपैयाँको पुरस्कार प्रदान गरिनेछ । नर्सिङ विधामा २७ नर्सलाई १ लाख २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिँदै छ । मेडिकल सपोर्टतर्फ ल्याब र प्यारा–मेडिकल क्षेत्रमा योगदान गर्ने ९ जनालाई जनही १ लाख नगदका दरले पुरस्कृत गरिनेछ । स्वास्थ्य सहयोगी कर्मचारीतर्फ ५ जनालाई पुरस्कार दिइने विज्ञप्तिमा उल्लेख छ । यो पुरस्कारको राशि १ लाख छ ।

उत्कृष्ट व्यवस्थापन, सार्वजनिक नीति विधामा विभिन्न अस्पतालका १९ जना विभागीय प्रमुखलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ । तीमध्ये ३ जनालाई जनही नगद २ लाख ५० हजारसहित पुरस्कार दिइने र अन्यलाई सम्मान गरिने फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतले बताए ।

प्रकाशित : श्रावण १६, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?