पूर्वमन्त्री साहले महिलामाथि अपमान गरेको सांसदको आरोप


काठमाडौँ — प्रतिनिधिसभा सदस्य दील कुमारीले पूर्वमन्त्री प्रभु साहले सिंगो नेपाली महिलामाथि अपमान गरेको बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद कुमारीले पूर्वमन्त्री साहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको आरोप लगाएकी हुन् । उनले समाजको आधुनिकतावादमा प्रभु साहले लहटको खेती गरिरहेको पनि आरोप लगाइन् ।

उनले भनिन्, 'पूर्वमन्त्री प्रभु साहजीले सिंगो नेपाली महलिामाथि अपमान गर्नुभएको छ, महिलाको सभ्यतामाथि आक्रमण गर्नुभएको छ, चरित्र हत्या गरिएको छ, पूर्वमन्त्री प्रभु साहको अश्लील हर्कतको बारेमा केही कुरा भन्छु, पूर्वमन्त्री प्रभु साह विगत २ वर्षदेखि मदानी मेला लगाउँदै हुनुहुन्छ, के समाजवादमा पुग्ने यही बाटो हो ? उहाँले समाजको आधुनिकतावादमा लुटको खेती गर्दै हुनुहुन्छ ।'