१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एमालेमा रहेका चार पूर्वमाओवादी नेताको मुद्दाको सुनुवाइ न्यायाधीश भट्टराईको इजलासमा

कान्तिपुर संवाददाता

काठमाडौँ — चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दाको पेसी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । उक्त रिट निवेदनमाथि शुक्रबार न्यायाधीश भट्टराईको इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । 

एमालेमा रहेका चार पूर्वमाओवादी नेताको मुद्दाको सुनुवाइ न्यायाधीश भट्टराईको इजलासमा

यसअघि उक्त रिट निवेदन न्यायाधीश दीपककुमार कार्कीको इजलासमा बिहीबारका लागि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।

एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए । उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । सांसद पदबाट मुक्त गराउने विपक्षीका निर्णय बदरको माग गर्दै उनीहरूले रिट दायर गरेका थिए ।

माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी सार्वजनिक गरेका थिए ।

प्रकाशित : श्रावण १५, २०७८ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?