कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना संक्रमण

सुवास विडारी

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ ।

भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना संक्रमण

कारागारमा रहेका ब्लक ‘क’ र ‘ख’ मा ९ सय ७० जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायका अनुसार बुधबार र बिहीबार गरिएको परीक्षणमा ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको हो ।

कैदीबन्दीहरुलाई भीमफेदीबाट अर्को कारागारमा पठाउने क्रममा ११ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो । उक्त जानकारी आएसँगै भीमफेदी कारागारमा रहेका सबै कैदीबन्दीमा कोरोना परीक्षण गरिएको हो । उपाध्यायका अनुसार कोराना पुष्टि भएका संक्रमितहरुमा कुनै पनि किसिमको लक्षण देखिएको छैन ।

पुष्टि भएको संक्रमितहरुलाई कारागारभित्रै निगरानीमा राखिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । ‘संक्रमितहरुलाई छुट्टै ब्लकमास्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ,’ पाण्डेले भने । कैदीबन्दीमा कुनै स्वास्थ्य समस्या नदेखिएको पनि उनले बताए । जिल्लामा पछिल्लो दिनहरुमा कोरोना पुष्टि हुनेको संख्या बढेको छ ।

प्रकाशित : श्रावण १५, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?