कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संसदीय समितिको निर्देशन– बालबालिकामैत्री क्वारेन्टाइन निर्माण तथा खोप छिटो मिलाउनू

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार बसेको प्रतिनिधिसभाको महिला तथा सामाजिक समिति बैठकले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको यथाशिघ्र व्यवस्थापनका लागि पहल गर्न तथा स्थानीय तह लगायतमा बालबालिका मैत्री क्वारेन्टाइन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतलाई निर्देशन दिएको छ । ।

संसदीय समितिको निर्देशन– बालबालिकामैत्री क्वारेन्टाइन निर्माण तथा खोप छिटो मिलाउनू

कोभिड १९ को सम्भावित तेश्रो लहर र बालबालिकामा पर्न सक्ने भनिएको प्रभाव सम्बन्धी छलफलमा समितिकी सभापति निरु पालले कोभिड संक्रमण भएका बालबालिकाहरुको उपचारमा कुनै पनि कारणबाट अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको बताइन् ।

समितिले महामारीको व्यवस्थापनमा सुधार गर्ने, आवश्यक भौतिक सरंचना एवम् उपकरणहरुको शिघ्र व्यवस्थापन गर्ने तथा खोपको प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

कोरोना महामारीबाट घरभित्रै सिमित रहेका बालबालिकाहरुको मनोस्वास्थ्य एवं मनोसामाजिक अवस्थाको अध्ययन गर्न समेत समितिले निर्देशन दिएको छ ।

प्रकाशित : श्रावण १४, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?